Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    वडाध्यक्षबाट राजीनामा दिए, छिनमै फिर्ता लिए

    वडाध्यक्षबाट राजीनामा दिए, छिनमै फिर्ता लिए


    • शुक्रवार, माघ २० २०७९

    • नेपाल वाइड


    वडाध्यक्षबाट राजीनामा दिए, छिनमै फिर्ता लिए
    वडाध्यक्ष तेजकुमार राईले पदबाट दिएको राजीनामा पत्र र सामाजिक संञ्जालबाट फिर्ता लिएको स्टाटस ।

    खोटाङ, २० माघ । खोटाङको केपिलासगढी गाउँपालिका–७ सुंदेलका वडाध्यक्ष तेजकुमार राईले पदबाट दिएको राजीनामा फिर्ता लिएका छन् । अध्यक्ष राईले बिहिबार ‘जनता र आफन्त अनुसारको आफु हुन नसकेको, आफुजस्तो अरु नभएको साथै निती नियम र निष्पक्ष प्रशासनको अभाव थेग्न नसक्ने’ भन्दै पदबाट राजीनामा दिएको घोषणा गरेका थिए ।

    गाउँपालिका अध्यक्षलाई सम्बोधन गरेर लेखिएको राजीनामा पत्र गाउँपालिका नपुग्दै वडाध्यक्षले फिर्ता लिएका हुन् । ‘गोठालो नै हो, नजरबन्दमा पनि रहेछु,’ वडाध्यक्ष राईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘जनता, समर्थक, शुभचिन्तक साथै पार्टी संगठनका साथीहरूको सुझाव सल्लाहले संघर्ष गर्न हौसला बढाइदिनु भो, धन्यवाद । म राजीनामा नदिने भएँ ।’

    लहड र आवेगमा राजीनामा दिएका वडाध्यक्षलाई सम्झाई बुझाई गरेर राजीनामा फिर्ता गराइएको वडा सदस्य कितेम्बर शेर्पाले बताए । वडाध्यक्ष राईले राजीनामा पत्रमा मोटरसाईकल र कार्यालयको छाप वडा सचिव दिलकुमार श्रेष्ठलाई बुझाएर राजीनामा दिएको उल्लेख गरेका छन् । समाचार तयार पार्नेक्रममा वडाध्यक्ष राईको फोन अफ थियो । वडाध्यक्ष हठात राजीनामा दिने अवस्थामा पुग्नुको कारण नखुलेको केसपलासगढी गाउँपालिकाका अध्यक्ष समिर राईले बताए ।

    सम्बन्धित समाचार