Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    प्रदेश सरकारले गाउँपालिकालाई दिएको दमकल थन्कियो

    प्रदेश सरकारले गाउँपालिकालाई दिएको दमकल थन्कियो


    • सोमवार, माघ २३ २०७९

    • नेपाल वाइड


    प्रदेश सरकारले गाउँपालिकालाई दिएको दमकल थन्कियो
    सांकेतिक तस्बिर

    खोटाङ, २३ माघ । व्याट्री डाउन भएपछि खोटाङको खोटेहाङ गाउँपालिकाको दमकल थन्किएको छ । प्रदेश १ सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले २०७७ असोज २९ गते गाउँपालिकालाई हस्तान्तरण गरेको दमकल व्याट्री डाउन भएपछि थन्किएर बसेको हो । ल्याएको केही महिनापछि नै ब्याट्री डाउन भएको दमकललाई इलाका प्रहरी कार्यालय खोटाङबजारमा राखिएको गाउँपालिकाले जनाएको छ ।

    गाउँपालिकामा दमकल चलाउनयोग्य सडक छैनन् । गाउँपालिकाको केन्द्र खोटाङबजारमै पनि सडक साँघुरो छ । यही कारण दमकल प्रयोगमा ल्याउन असहज भइरहेको छ । यद्यपी, व्याट्री फेरेर दमकललाई चालु अवस्थामा राख्ने तयारी गरिएको गाउँपालिका अध्यक्ष उदिमबहादुर राईले बताए । सुख्खा तथा खडेरीको मौसम सुरु भएकाले दमकलको ब्याट्री फेरेर चालू अवस्थामा राख्ने र चलाउने अपरेटर राख्ने योजना रहेको गाउँपालिकाले जनाएको छ ।

    प्रदेश सरकारले गाउँपालिकालाई दमकल सहित एकवटा प्रहरी पिकअप भ्यान हस्तान्तरण गरेको थियो । भ्यान भने इलाका प्रहरी कार्यालय खोटाङबजारले प्रयोग गरिरहेको छ ।

    सम्बन्धित समाचार