Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    प्रहरीको कुटाईबाट याम्खामा किशोर घाईते

    प्रहरीको कुटाईबाट याम्खामा किशोर घाईते


    • सोमवार, फाल्गुण १ २०७९

    • नेपाल वाइड


    खोटाङ, १ फागुन । प्रहरीको कुटाईबाट खोटाङमा एक किशोर घाईते भएका छन् । दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खास्थित प्रहरीचौकीमा कार्यरत प्रहरी जवान सागर राईको कुटपिटबाट सोही ठाउँका १४ वर्षीय अशोक दाहाल घाईते भएका हुन् ।

    सामान्य विषयमा विवाद हुँदा राई र दाहालबीच सोमबार हात हालाहाल भएको थियो । दाहालले हात हालेपछि प्रहरी जवान राईले कुटपिट गरेको प्रत्यक्षदर्शीले बताएका छन् । आफुमाथि कुटपिट भएको भन्दै दाहाल पुःन हतियारसहित प्रहरीमाथि जाइलागेपछि उनीमाथि थप कुटपिट भएको थियो ।

    दाहालमाथि प्रहरी हवल्दार प्रभुराम बास्तोलाले पनि कुटपिट गरेको आमा मुना दाहालले दावी गरिन् । केही समयअघि एपेन्डिसाइटको अप्रेसन गरेका दाहालको निरन्तर पेट दुखेपछि एम्बूलेन्समार्फत जिल्ला अस्पताल दिक्तेल लगिएको छ ।

    कुटपिटमा संलग्न प्रहरी जवान राईलाई छानविनका लागि जिल्ला प्रहरी कार्यालयमा तानिएको डिएसपी मञ्जिल मुकारुङले बताए । कुटपिटको घट्नापछि मिलापत्र गराउने प्रयास गर्दा दाहाल परिवारले अस्वीकार गरेको वडाध्यक्ष केशव खत्रीले बताए ।

    सम्बन्धित समाचार