सोमवार, फाल्गुण १ २०७९
नेपाल वाइड
खोटाङ, १ फागुन । जनयुद्ध दिवशका अबशरमा खोटाङमा दिप प्रज्वलन गरिएको छ । दिवसको अवसरमा नेकपा माओबादी निकट युवा संगठन योङ कम्युनिष्ट लिग र अनेरास्ववियु क्रान्तिकारीले सोमबार साँझ दिक्तेलको त्रिवेणी चोकमा दिप प्रज्वलन गरेको हो ।
२०५२ साल फागुन १ गते शुरु गरेको जनयुद्धकै कारण वर्तमान राजनितिक परिवर्तन सम्भव भएको भन्दै २८ औ जनयुद्ध दिवसको अबशरमा दिप प्रज्वलन गरिएको अनेरास्ववियु क्रान्तिकारीका जिल्ला सचिब भुवन आचार्यले बताए ।
दिप प्रज्वलन कार्यक्रममा नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य दुर्गाजन्ती राई, प्रेस सेन्टर नेपालका केन्द्रिय सल्लाहकार सदस्य भवानी बराल, पार्टीका नेता तथा कार्यकर्ताको उपस्थिथि रहेको वाईसियलका केन्द्रीय सदय तथा जिल्ला ईन्चार्ज शुभलाल राई आदेशले जानकारी दिए ।
यस्तै, नेकपा माओबादी केन्द्र खोटाङले शुभकामना आदान–प्रदान गर्दै २८ औं जनयुद्ध दिवस मनाएको छ । जिल्ला समन्वय समितिको सभाहल आयोजित शुभकामना आदान–प्रदान कार्यक्रम पार्टी अनुशासन आयोगका अध्यक्ष टंक राई, केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य रामकुमार राई पासाङ, पोलिटव्युरो सदस्य दुर्गाजन्ती राई, संबिधानसभा सदस्य हरि रोका, पार्टीकातर्फबाट निर्बाचित जनप्रतिनिधि, नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।
कार्यक्रमका अबशरमा बोल्ने नेताहरुले जनयुद्धमार्फत हासिल भएको गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समाबेसी प्रणालीका साथै राजनितिक उपलब्धिका विषयमा चर्चा गरेका थिए । नेकपा माओबादी केन्द्र जिल्ला समन्वय समिति खोटाङको आयोजनमा भएको कार्यक्रमकै अवसरमा स्थानीय तहमा निर्बाचित जनप्रतिनिधिका लागि तीन दिने कार्यशाला गोष्ठी समेत शुरु गरिएको छ ।