Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    किरात रदु नाछिरिङ साखाम केन्द्रको आठौं अधिवेशन शनिबार र आइतबार

    किरात रदु नाछिरिङ साखाम केन्द्रको आठौं अधिवेशन शनिबार र आइतबार


    • शुक्रवार, फाल्गुण ५ २०७९

    • नेपाल वाइड


    किरात रदु नाछिरिङ साखाम केन्द्रको आठौं अधिवेशन शनिबार र आइतबार

    खोटाङ, ५ फागुन । किरात रदु नाछिरिङ साखाम केन्द्रको आठौं अधिवेशन फागुन ६ र ७ गते काठ्माडौंमा हुने भएको छ । किरात रदु नाछिरिङ साखाम केन्द्रको अधिबेसन साखामकै गोकर्णस्थित नवनिर्मित भवनमा गर्न लागिएको हो ।

    ‘विभेद अन्त्याको लागि हाम्रो प्रतिबद्धता, पहिचान र अधिकारका लागि हाम्रो एकता’ भन्ने मूल नाराकासाथ सम्पन्न हुने अधिवेशनमा काठमाडौं उपत्यका, विभिन्न जिल्ला कार्य समिति लगायत प्रवास समितिका प्रतिनिधि तथा नाछिरिङ सहभागी हुने किरात रदु नाछिरिङ सेखाम केन्द्रका महासचिव गान्धिव किरातीले जानकारी दिए ।

    अधिबेसनको तयारी पुरा भएको साखामले जनाएको छ । शनिबार उद्घाटन सत्र र आइतबार बन्दसत्र सञ्चालन हुने कार्यक्रम छ । २०७५ मंसिर १५ गते धरानमा सम्पन्न किरात रदु नाछिरिङ साखाम केन्द्रको सातौं अधिबेशनबाट सकलबहादुर नाछिरिङको अध्यक्षतामा समिति निर्माण गरिएको थियो ।

    खोटाङ र सोलुखुम्बुमा किरात नाछिरिङ समुदायको सघन बसोबास रहेको छ । त्यस बाहेक ओखलढुङ्गा (जुगेपानी), तेह्रथुम, भोजपुर, संखुवासभा, ताप्लेजुङ, पाँचथर, इलाम, धनकुटा, उदयपुर, सुनसरी, मोरङ, झापा, काठमाडौ उपत्यका लगायतका ठाउँमा पनि नाछिरिङ समुदायको बसोबास छ ।

    किरात रदु नाछिरिङ साखाम केन्द्रको पहलमा नाछिरिङ भाषाको पाठ्यक्रम निर्माण गरी विभिन्न बिद्यालयमा कक्षा ३ सम्म पठन–पाठन भइरहेको छ ।

    यस्तै, कोभिड महामारीकै बिचमा आर्थिक सहयोग संकलन गरी गोकर्णमा जग्गा खरिद गरेर रिदुम खिम (भवन) निर्माण सुरु गरिएको थियो । रिदुम खिम (भवन) निर्माणको काम ७५ प्रतिशत सम्पन्न भएको साखामकी उपाध्यक्ष कमलकुमारी नाछिरिङले बताईन् । साखामाले उधौली उभौली, देउसी तथा अन्य विभिन्न कार्यक्रमको आयोजना गर्ने तथा सहभागिता जनाउँदै आएको छ ।

    सम्बन्धित समाचार