Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    पत्रकार शेर्पालाई बाणिज्य संघको आर्थिक पत्रकारिता पुरस्कार

    पत्रकार शेर्पालाई बाणिज्य संघको आर्थिक पत्रकारिता पुरस्कार


    • शनिवार, फाल्गुण १३ २०७९

    • नेपाल वाइड


    पत्रकार शेर्पालाई बाणिज्य संघको आर्थिक पत्रकारिता पुरस्कार
    प्रतिनिधिसभा सदस्य रामकुमार राईको हातबाट पुरस्कारसहित प्रमाणपत्र ग्रहण गर्दै पत्रकार चिसाङ शेर्पा ।

    खोटाङ, १३ फागुन । खोटाङका पत्रकार चिसाङ शेर्पा आर्थिक पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् । खोटाङ उद्योग बाणिज्य संघले हरेक जिल्ला अधिबेसनको अवसरमा प्रदान गर्दैआएको आर्थिक पत्रकारिता पुरस्कारबाट यसपल्ट पत्रकार शेर्पा पुरस्कृत भएका हुन् ।

    पत्रकारिताको माध्यमबाट खोटाङको उद्योग–व्यवसाय क्षेत्रको विकास र प्रवर्द्धनमा पुर्‍याएको योगदानको उच्च कदर गर्दै पत्रकार शेर्पालाई पाँच हजार राशीको पुरस्कार प्रदान गरिएको बाणिज्य संघका अध्यक्ष उपिनकुमार राईले बताए ।

    पत्रकार शेर्पालाई शनिबार बाणिज्य संघको २५ औं साधारणसभा तथा ११ औं अधिबेसन र सचिवालय भवन उद्घाटनको अवशसरमा प्रतिनिधिसभा सदस्य रामकुमार राई पासाङ र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेययर तीर्थराज भट्टराईले पुरस्कार हस्तान्तरण गरेका छन् ।

    २०६५ सालदेखि पत्रकारितामा क्रियासिल शेर्पा हाल नेपाल पत्रकार महासंघ जिल्ला शाखाका सह–सचिव छन् । समायोजनखबर डटकमका सञ्चालक रहेका शेर्पा एपीवान टिभी, हिमालय टाम्इस र सुर्योद्धय टिभीमा आवद्ध छन् । बाणिज्य संघले जिल्लाको आर्थिक लगायतका बृहत्तर बिकासका लागि कमल चलाउने एकजना पत्रकारलाई जिल्ला अधिबेसनको अवसरमा पुरस्कृत गर्दै आएको छ ।

    सम्बन्धित समाचार