आइतवार, फाल्गुण १४ २०७९
नेपाल वाइड
खोटाङ, १४ फागुन । खोटाङ उद्योग बाणिज्य संघले इन्सेक प्रतिनिधि तारानाथ फुयाँललाई सम्मान गरेको छ । इन्सेक जिल्ला प्रतिनिधिको रुपमा जिल्लामा मानव अधिकार संरक्षण, प्रर्वद्धन र खाद्य अधिकारका क्षेत्रमा महत्वपूर्ण भूमीका निर्वाह गरेको भन्दै बाणिज्य संघले फुयाँललाई सम्मान गरेको हो ।
बाणिज्य संघको २५ औं साधारणसभा तथा ११ औं जिल्ला अधिबेसन उद्घाटनको अवसरमा शनिबार प्रतिनिधिसभा सदस्य रामकुमार राई पासाङले इन्सेक प्रतिनिधि फुयाँललाई सम्मान–पत्र हस्तान्तरण गरेका थिए ।
आगामी दिनमा पनि मानव अधिकार तथा समाजिक काममा उच्च मनोबलका साथ काम गर्ने प्रेरणाका लागि इन्सेक प्रतिनिधि फुयाँललाई सम्मान गरिएको बाणिज्य संघका अध्यक्ष उपिनकुमार राईले बताए ।