Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    बाक्सिलाको दसकटेमा राष्ट्रिय प्रसारण लाइन विस्तार

    बाक्सिलाको दसकटेमा राष्ट्रिय प्रसारण लाइन विस्तार


    • आइतवार, फाल्गुण २१ २०७९

    • नेपाल वाइड


    बाक्सिलाको दसकटेमा राष्ट्रिय प्रसारण लाइन विस्तार
    दशकटेमा २५ केभिएको ट्रान्सफर्मर चार्ज गरेर बत्ती बालिएपछि स्थानियबासीसँग खुसियाली साट्दै पालिका अध्यक्ष समिर राई उपाध्यक्ष गुरुराज राईलगायत ।

    खोटाङ, २१ फागुन । खोटाङको केपिलासगढी गाउँपालिका–४ बाक्सिलाको दसकटेमा राष्ट्रिय प्रसारण लाइन अन्तरगतको विधुत पुगेको छ । लघु जलविद्युत आयोजनाबाट उत्पादित विद्युत प्रयोग हुँदै आएको दशकटेमा २५ केभिएको ट्रान्सफर्मर चार्ज गरेर बत्ती बालिएको हो ।

    दशकटेका करिब सय घरधुरीलाई लक्ष्यित गर्दै राष्ट्रिय प्रसारण लाइन विस्तार गरिएको विधुत प्राधिकरण दिक्तेल वितरण केन्द्रका प्रमुख ईन्जिनियर विजयराज रेग्मीले बताए ।

    केही ग्राहकको घरमा मिटर बक्स जडान गरेर शनिबार जनप्रतिनिधि, विद्युत प्राधिकरणका कर्मचारी लगायतको उपस्थितिमा ट्रान्सफर्मरमा बत्ती बालेर परिक्षण गरिएको छ ।

    गत बैशाखदेखि लघु जलविधुत आयोजना बन्द हुँदा दसकटेका स्थानीय विद्युत सेवाबाट बञ्चित थिए । लघु जलविधुत बन्द भएपछि अन्धकारमा बसिरहेका स्थानीयले केन्द्रीय प्रशारण लाइन पुगेपछि खुशीयाली मनाएका छन् ।

    स्थानीयले गाउँपालिका अध्यक्ष समिर राई, वितरण केन्द्रका प्रमुख रेग्मी, निमित्त प्रमुख प्रशासकीय अधिकृत गुञ्जन कार्की लगायतलाई अविर लगाइदिएर खुशी मनाएका हुन् । ७ वडा रहेको केपिलासगढी गाउँपालिकाको सुङदेल र फेदीबाहेक अन्य वडामा विधुतीकरणको काम भइसकेको छ । बाँकी वडामा विधुतीकरणको काम भईरहेको गाउँपालिका अध्यक्ष राईले बताए ।

    सम्बन्धित समाचार