Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images
    अन्तर्राष्ट्रिय महिला दिवस

    दिक्तेल रुपाकोट मझुवागढीका विपन्न छ महिलालाई आर्थिक सहयोग

    दिक्तेल रुपाकोट मझुवागढीका विपन्न छ महिलालाई आर्थिक सहयोग

    अन्तर्राष्ट्रिय महिला दिवसको अबसरमा नगरपालिकाले महिला जनप्रतिनिधिविचमा वतृत्वकला प्रतियोगिता

    • बुधवार, फाल्गुण २४ २०७९

    • नेपाल वाइड


    दिक्तेल रुपाकोट मझुवागढीका विपन्न छ महिलालाई आर्थिक सहयोग
    अन्तर्राष्ट्रिय महिला दिवसको अबसरमा दिक्तेल बजारमा निकालिएको र्‍याली ।

    खोटाङ, २४ फागुन । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले विपन्न छ महिलालाई आर्थिक सहयोग गरेको छ । ११३ औं अन्तर्राष्ट्रिय महिला दिवसको अबसरमा बुधबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलकी मनिषा कटवाल बस्नेत, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेकी पवित्रा लम्साल सार्की, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडाका निर्मायाँ राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० की मनकुमारी विश्वकर्मा, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीकी अम्बीका विश्वकर्मा र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका दुर्गा श्रेष्ठलाई नगद सहयोग गरिएको हो । विपन्न महिलालाई जनही छ हजारका दरले सहयोग प्रदान गरिएको नगरपालिकाको महिला तथा वालवालिका शाखा प्रमुख इरन राईले बताईन् ।

    यस्तै, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाभित्रका उच्च पदमा पुग्न सफल तीन महिला निजामती कर्मचारी र २७ जना महिला प्रधानाध्यापकलाई सम्मान गरिएको छ । निजामतीतर्फ उप–सचिब कोपीला राई, अधिकृत छैटौं रेखा राई र शर्मिला राईलाई सम्मान गरिएको हो । निजामती सेवातर्फ उच्च पदमा पुगेर सेवारत महिला अधिकृतलाई नगरपालिकाले दोसल्ला ओढाएर सम्मान–पत्रसहित सम्मान गरेको हो ।

    महिला जनप्रतिनिधिविचमा वतृत्वकला

    अन्तर्राष्ट्रिय महिला दिवसको अबसरमा नगरपालिकाले महिला जनप्रतिनिधिविचमा वतृत्वकला प्रतियोगिता गरेको छ । ‘नगरको समृद्धिमा महिला जनप्रतिनिधिको भूमिका’ विषयक वतृत्वकला प्रतियोगितामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ की वडा सदस्य धनशोभा राई प्रथम, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङकी रेखा रम्तेल दोस्रो, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेकी सुवती राई तेस्रो र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाकी कल्पना राई शान्त्वना भएकी छन् । प्रतियोगीतामा नगरका आठ महिला जनप्रतिनिधिको सहभागीता रहेको थियो ।

    a.jpg

    वतृत्वकला प्रतियोगितामा प्रथम हुनुहुने क्रमस धनशोभा राई, तेस्रो सुवती राई, दोुस्रो रेखा रम्तेल र शान्त्वना भएकी कल्पना राई ।

    कार्यक्रममा किशोरी सशक्तीकरण कार्यक्रम अन्तर्गत नगरपालिकाले सरस्वती मावि पाथेकालाई ७३ हजार उपलब्ध गराएको छ । किशोरी समुह निर्माण गरि किशोरी सशक्तीकरण सम्वन्धी सचेतनामुलक कार्यक्रम सञ्चालनका लागि आर्थिक सहयोग उपलब्ध गराएको नगरपालिकाले जनाएको छ ।

    यस्तै, सृजनसिल महिला कृषि समुह खाल्लेलाई ६ लाख २५ हजार उपलब्ध गराइएको छ । बहुक्षेत्रिय पोषण कार्यक्रम अन्तर्गत कृषक समुहलाई रकम उपलब्ध गराएको हो ।

    नगरपालिकामा महिला तथा वालवालिका शाखाको आयोजनामा अन्तर्राष्ट्रिय महिला दिवस मनाइएको हो । औपचारिक कार्यक्रम अघि दिक्तेल बजारमा र्‍याली निकालिएको थियो । कार्यक्रम नेतृ दुर्गाजयन्ती राईको प्रमुख आतिथ्यता एबं दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपमेयर विसन राईको अध्यक्षतामा सम्पन्न भएको थियो ।

    df a.jpg

    ffae.jpg

    c.jpg

    b.jpg

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका महिला तथा वालवालिका शाखाको आयोजनामा मनाईएको ११३ औ अन्तर्राष्ट्रिय महिला दिवसका तस्बिरहरु

    सम्बन्धित समाचार