Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    ‘कोशी’ प्रदेशको पुःन नामाकरणको मागमा खोटाङमा राँके जुलुस

    ‘कोशी’ प्रदेशको पुःन नामाकरणको मागमा खोटाङमा राँके जुलुस


    • शनिवार, फाल्गुण २७ २०७९

    • नेपाल वाइड


    ‘कोशी’ प्रदेशको पुःन नामाकरणको मागमा खोटाङमा राँके जुलुस
    प्रदेश १ को नाम ‘कोशी’ राखिएको बिरोधमा खोटाङमा निकालिएको राँके जुलुस ।

    खोटाङ, २७ फागुन । प्रदेश १ को नाम ‘कोशी’ राखिएको बिरोधमा खोटाङमा राँके जुलुस निकालिएको छ । गत फागुन १७ गते प्रदेशको नाम ‘कोशी’ राखिएकोमा भत्र्सना गर्दै जनता समाजवादी पार्टी नेपाल, नेपाल आदिबासी जनजाति महासंघ जिल्ला समन्वय परिषद, किरात राई यायोक्खा लगायतको सहकार्यमा शनिबार साँझ दिक्तेलमा राँके जुलुस निकालिएको हो ।

    पहिचान पक्षधर पार्टी तथा जातीय संघसंगठनले प्रदेशको नामाकरण सच्याउन र पुःन नामाकरणका लागि प्रदेश सरकार र प्रदेश सभा समक्ष जोडदार माग गरेका छन् । उनीहरुले इतिहास, भूगोल, सभ्यता र संस्कृतिको आधारमा प्रदेशको नामाकरण गर्न माग गरेका छन् ।

    प्रदेशको नामाकरणप्रति बिरोध जनाउँदै संयुक्त संघर्ष समिति, खोटाङले आइतबार जिल्ला बन्द आव्हान गरेको छ । पहिचानको आधारमा नामाकरण गराउनका लागि दवाव सिर्जना गर्न गठित प्रदेश १ पुःन नामाकरण संयुक्त संघर्ष समितिको आव्हानमा जिल्लामा आम हडतालको आव्हान गरिएको हो । यस्तै, चैत ५ गते प्रदेश स्तरिय वृहत जनप्रदर्शनको कार्यक्रम राखिएको संयुक्त संघर्ष समितिले जनाएको छ ।

    प्रदेशको पुःन नामाकरणका सन्दर्भमा खोटाङमा जनता समाजवादी पार्टी नेपाल, नेपाल आदिबासी जनजाति महासंघ जिल्ला समन्वय परिषद, किरात राई यायोक्खा, किरात सेवा समाज, नेपाल जनजाति युवा संघ, नेपाल तामाङ घेदुङ संघ, नेवा देयःदवु, नेपाल तमु छ्योज्धी, नेपाल शेर्पा संघ, नेपाल मगर संघ, नेपाल भुजेल सेवा समाज, नेपाल माझी सेवा समाज, किरात चाम्लिङ राई खाम्वातिम, किरात साम्पाङ राई जुम्लेखा र किरात राई फन्सिकिमले संयुक्त संघर्ष थालेका छन् ।

    सम्बन्धित समाचार