Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    खोटाङमा बिहान साँढे तीन बजेदेखि बन्दकर्ता सडकमा, यातायात तथा बजार ठप्प

    खोटाङमा बिहान साँढे तीन बजेदेखि बन्दकर्ता सडकमा, यातायात तथा बजार ठप्प


    • आइतवार, फाल्गुण २८ २०७९

    • नेपाल वाइड


    खोटाङमा बिहान साँढे तीन बजेदेखि बन्दकर्ता सडकमा, यातायात तथा बजार ठप्प
    प्रदेश १ को नाम ‘कोशी’ राखिएको बिरोधमा आव्हान गरिएको बन्दका कारण खोटाङमा यातायातका साधन ठप्प पारेर सडकमा बसेका बन्दकर्ता ।

    खोटाङ, २८ फागुन । प्रदेश १ को नाम ‘कोशी’ राखिएको बिरोधमा आव्हान गरिएको बन्दका कारण खोटाङमा यातायातका साधन ठप्प बनेको छ । गत फागुन १७ गते प्रदेशको नाम ‘कोशी’ राखिएकोमा भत्र्सना गर्दै जनता समाजवादी पार्टी नेपाल, नेपाल आदिबासी जनजाति महासंघ जिल्ला समन्वय परिषद, किरात राई यायोक्खा लगायतको सहकार्यमा आइतबार जिल्लाभर बन्द आव्हान गरिएको हो ।

    पहिचानको आधारमा नामाकरण गराउनका लागि दवाव सिर्जना गर्न गठित प्रदेश १ पुःन नामाकरण संयुक्त संघर्ष समितिको आव्हानमा जिल्लामा बन्द आव्हान गरिएको जसपाका प्रदेश समिति सदस्य नेता नविन राईले बताए ।

    संयुक्त बन्दका कारण जिल्लाबाट छुट्ने छोटो तथा लामो दुरीको सवारी साधन चल्न पाएका छैनन् । बन्दकर्ताले मोटरसाईकल समेत नियन्त्रणमा लिएर पार्किङ गराइरहेका छन् । सवारी साधन चल्न नदिन बन्दकर्ता बिहान साँढे तीन बजेदेखि दिक्तेलको किरातचोकमा सडकमा पुगेका थिए ।

    बन्दकर्ता दिक्तेलको किरातचोक र अल्छेढुंगास्थित मध्यपहाडी लोकमार्गमा बसेर सवारी आवागमनमा रोक लगाइरहेका छन् । यातायात ठप्प हुँदा यात्रु भने मारमा परेका छन् । बन्दकर्ताले दिक्तेलबजारका पसल समेत बन्द गराएका छन् ।

    बजार बन्द गराउन बन्दकर्ताको एक टोली खटिएका थिए । दिक्तेल बजार र आसपासका शैक्षिक संस्थामा पनि बन्दको प्रभाव परेको छ । दिक्तेल बाहिरका शैक्षिक संस्थामा भने आंशिक प्रभाव परेको छ । साविकको सदरमुकाम दिक्तेलको तुलनामा अन्य ठाउँमा बन्दको प्रभाव कम देखिएको छ ।

    प्रदेशको नामाकरण सच्याउन र पुःन नामाकरणको मागमा पहिचान पक्षधर पार्टी तथा जातीय संघसंगठनले बन्द आव्हान गरेका हुन् । इतिहास, भूगोल, सभ्यता र संस्कृतिको आधारमा प्रदेशको नामाकरण गर्नका लागि दवाव सिर्जना गर्न बन्द आव्हान गरिएको किरात राई यायोक्खा खोटाङका अध्यक्ष युगसन किरातले बताए ।

    प्रदेशको पुःन नामाकरणका सन्दर्भमा खोटाङमा जनता समाजवादी पार्टी नेपाल, नेपाल आदिबासी जनजाति महासंघ जिल्ला समन्वय परिषद, किरात राई यायोक्खा, किरात सेवा समाज, नेपाल जनजाति युवा संघ, नेपाल तामाङ घेदुङ संघ, नेवा देयःदवु, नेपाल तमु छ्योज्धी, नेपाल शेर्पा संघ, नेपाल मगर संघ, नेपाल भुजेल सेवा समाज, नेपाल माझी सेवा समाज, किरात चाम्लिङ राई खाम्वातिम, किरात साम्पाङ राई जुम्लेखा र किरात राई फन्सिकिमले संयुक्त संघर्ष थालेका छन् ।

    banda karta.jpg

    df.jpg

    dda.jpg

    sdf.jpg

    dfa.jpg

    faga.jpg

    प्रदेश १ को नाम ‘कोशी’ राखिएको बिरोधमा आव्हान गरिएको बन्दका कारण खोटाङमा यातायात तथा बजार ठप्प गराएर सडकमा बसेका बन्दकर्ता ।

    सम्बन्धित समाचार