Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    खोटाङः आफ्नो शरीरमा आगो लगाउँदा नेर्पामा एक घाईते

    खोटाङः आफ्नो शरीरमा आगो लगाउँदा नेर्पामा एक घाईते


    • शनिवार, चैत्र ४ २०७९

    • नेपाल वाइड


    खोटाङः आफ्नो शरीरमा आगो लगाउँदा नेर्पामा एक घाईते
    सांकेतिक तस्बिर

    खोटाङ, ४ फागुन । आफ्नो शरीरमा आफै आगो लगाउँदा खोटाङमा एक घाईते भएका छन् । घरायसी विवादपछि शरीरमा पेट्रोल छर्किएर आगो लगाउँदा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका २८ वर्षिय भोलाकाजी बास्तोला घाईते भएका हुन् ।

    उनले शुक्रबार राती शरीरमा आगो लगाएर आत्मदहको प्रयास गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी मञ्जिल मुकारुङले बताए । बास्तोलाले आफ्नै शरीरमा आगो लगाएको देखेपछि परिवारका सदस्य र छिमेकीले आगो निभाएर बचाएका थिए । घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो ।

    जिल्ला अस्पतालले रेफर गरेपछि उनलाई काठ्माडौं पठाइएको छ । बास्तोलाको स्वास्थ्य अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ । शसस्त्र प्रहरीबल नेपाल, नम्बर ७ गुल्म, हलेसी, खोटाङले ग्याँस सिलिण्डर लिक भएर सुरु भएको आगो तथा शरीरमा लागेको आगो निभाउने विधि सम्पन्धी प्रदर्शन गरेकै राती बास्तोलाले शरीरमा आगो लगाएका हुन् ।

    शसस्त्र प्रहरीले शुक्रबार दिउँसो दिक्तेलबजारमा ग्याँस सिलिण्डर लिक भएर सुरु भएको आगो तथा आत्मदश वा अन्य कारणले शरीरमा लागेको आगो निभाउने विधि सम्वन्धी प्रदर्शन गरेको थियो ।

    सम्बन्धित समाचार