Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    खोटाङ: आत्मदहको प्रयास गर्दा घाईते बास्तोलाको मृत्यु

    खोटाङ: आत्मदहको प्रयास गर्दा घाईते बास्तोलाको मृत्यु


    • शुक्रवार, चैत्र १० २०७९

    • नेपाल वाइड


    खोटाङ: आत्मदहको प्रयास गर्दा घाईते बास्तोलाको मृत्यु
    सांकेतिक तस्बिर

    खोटाङ, १० चैत । आत्मदहको प्रयास गर्दा घाईते भएका खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका २८ वर्षिय भलकाजी बास्तोलाको मृत्यु भएको छ ।

    गत चैत ३ गते राती शरीरमा आगो लगाएर आत्मदहको प्रयास गरेका बास्तोलाको बिहिबार राती जिल्ला अस्पताल खोटाङमा मृत्यु भएको हो । किर्तीपुर बर्न अस्पताल, काठ्माडौंले थप उपचार हुननसक्ने भन्दै बिहिबार डिस्चार्ज दिएपछि बास्तोलालाई फर्काएर जिल्ला अस्पताल दिक्तेलमा राखिएको थियो ।

    उनको उपचारका क्रममा राती २ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी मञ्जिल मुकारुङले बताए । जिल्ला अस्पतालले रेफर गरेपछि घाईते बास्तोलालाई चैत ४ गते किर्तीपुर बर्न अस्पताल, काठ्माडौं लगिएको थियो ।

    तर बास्तोलाको स्वास्थ्य अवस्था सुधार हुनुको सट्टा ‘क्रिटिकल’ हुँदैगएपछि बर्न अस्पतालले डिस्चार्ज दिएको थियो । बास्तोलाले आफ्नै शरीरमा आगो लगाएको देखेपछि परिवारका सदस्य र छिमेकीले आगो निभाएर बचाएका थिए । उनले घरायसी तनावका कारण शरीरमा आगो लगाएको बताइएको छ । भलिबल र फुटबल खेलाडी रहेका उनी नेर्पा स्पोर्टस् क्लवमा आवद्ध थिए ।

    सम्बन्धित समाचार