Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    डढेलोले धितुङमा खानेपानीको पाईप जले

    डढेलोले धितुङमा खानेपानीको पाईप जले


    • बुधवार, चैत्र १५ २०७९

    • नेपाल वाइड


    डढेलोले धितुङमा खानेपानीको पाईप जले
    फायल तस्बिर

    खोटाङ, १५ चैत । सामुदायीक जंगलमा लागेको डढेलोले खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङमा खानेपानीको पाईप जलेको छ । स्थानीय चौतारा सामुदायीक वनमा चैत १३ गतेदेखि सुरु भएको डढेलोले तीनसल्लेबाट जयभद्रे लगिएको भालुखोला खानेपानीको करिब एक हजार आठ सय मिटर पाईप जलेको हो ।

    चुनिया पानी भएकाले बेला–बेला टकटकाउनका लागि जमिन बाहिरै राखिएको पाईप डढेलोले नष्ट भएको धितुङका वडाध्यक्ष टेकराज राईले बताए । पाईप जलेपछि मयभद्रेका चार घर पिउने पानीबाट बञ्चित भएका छन् ।

    एक रित्तो घर जले, एक सामान्य घाईते डढेलोले मंगलबार धितुङको हात्तीआहालमा बस्न छाडिएको रित्तो घर जलेको छ । राती डढेलो नियन्त्रणका क्रममा आगोको ज्वालाले भेट्दा रिचकुमार कार्की घाईते भएको वडाध्यक्ष राईले बताए ।

    चौतारा सामुदायीक वनमा फैलिएको डढेलोले रातेखोलाका १७, चिचिराका ११, तीनसल्लेका ८, हात्तीआहालका ७ र जयभद्रेका ४ घर जोखिममा परेको छ । स्थानीय र प्रहरीले मंगलबार राती १ बजेसम्म डढेलो नियन्त्रण गर्ने प्रयास गरेका थिए । सुनकोसी नदी किनारबाट बस्तीतिर डढेलो फैलिएको हो ।

    यस्तै, हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीको महाङकला सामुदायिक वन, फुस्रेकाला पहरा सामुदायिक वन, भालुढुंगा सामुदायिक वन, देब्रोघारी सार्केटार सामुदायिक वन, असोजे सामुदायिक वन र नमुना सामुदायिक वनमा चैत ११ गतेदेखि डढेलो लागिरहेको छ ।

    सम्बन्धित समाचार