Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    दिरुमनपाका तीन वडामा जलाधारमा कृषि पकेट क्षेत्र विस्तारको तयारी

    दिरुमनपाका तीन वडामा जलाधारमा कृषि पकेट क्षेत्र विस्तारको तयारी


    • सोमवार, चैत्र २० २०७९

    • नेपाल वाइड


    दिरुमनपाका तीन वडामा जलाधारमा कृषि पकेट क्षेत्र विस्तारको तयारी
    जलाधारमा आधारित जलवायु उत्थानशील जीविकोपार्जन आयोजना, आयोजना कार्यान्वयन इकाई ओखलढुंगाका टोली पाथेका, खार्मी र जालपामा स्थलगत अध्ययनकाक्रममा ।

    खोटाङ, २० चैत । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको तीन वडामा जलाधारमा आधारित जलवायु उत्थानशील जीविकोपार्जन आयोजना अन्तरगत कृषि पकेट क्षेत्र विस्तारको तयारी गरिएको छ ।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेका, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मी र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपामा भौगोलिक विविधता, हावापानी र माटोको विशेषताको आधारमा विभिन्न कृषि पकेट क्षेत्र विस्तार गर्ने तयारी गरिएको हो ।

    आयोजना अन्तरगत हुर्लुङदेखि जालपा सडक हुँदै ताप खोला आसपासमा हावापानी सुहाउँदो फलफुल लगाउने तयारी गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले बताए ।

    आइतबारको नगर कार्यपालिका बैठकले भौगोलिक विविधता, हावापानी र माटोको विशेषताको आधारमा विभिन्न कृषि पकेट क्षेत्र विस्तार गर्न प्रस्तावना पेश गर्ने निर्णय गरेको छ ।

    कृषि पकेट क्षेत्र विस्तारको पुर्वतयारीमा मेयर भट्टराई, जलाधारमा आधारित जलवायु उत्थानशील जीविकोपार्जन आयोजना, आयोजना कार्यान्वयन इकाई ओखलढुंगाका टोली चैत १७ गते पाथेका, खार्मी र जालपामा स्थलगत अध्ययनमा गएको थियो ।

    कृषक, वडा कार्यालय, नगरपालिका र आयोजनाको लगानीमा करिब २२ सय हेक्टर जग्गामा आयोजना कार्यान्वयनमा ल्याउने योजना अघि सारिएको मेयर भट्टराईले बताए ।

    दूधकोशीले छोएको खोटाङको ऐसेलुखर्क गाउँपालिका, हलेसी तुवाचुङ नगरपालिका, केपिलासगढी गाउँपालिका, रावाबेँसी गाउँपालिका र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका तथा ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका, सिद्धिचरण नगरपालिका र चिशंखुगढी गाउँपालिकालाई समेटेर जलाधारमा आधारिक जलवायु उत्थानशिल जीविकोपार्जन आयोजना सञ्चालन भइरहेको छ । आयोजनाका लागि विश्व वातावरण कोष (एलडिसिएप), यूएनडिपी र नेपाल सरकारको संयुक्त लगानी छ ।

    सम्बन्धित समाचार