Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    अनाधिकृत रुपमा करेन्ट तथा लगाएर माछा मार्न रोक

    अनाधिकृत रुपमा करेन्ट तथा लगाएर माछा मार्न रोक


    • शनिवार, चैत्र २५ २०७९

    • नेपाल वाइड


    अनाधिकृत रुपमा करेन्ट तथा लगाएर माछा मार्न रोक
    केपिलासगढी गाउँपालिका ।
    खोटाङ, २५ चैत । खोटाङको केपिलासगढी गाउँपालिकाले अनाधिकृत रुपमा करेन्ट तथा लगाएर माछा मार्न रोक लगाएको छ । स्थानीय ताप खोला, रावा खोला लगायतका खोलानालामा करेन्ट तथा विष लगाएर माछा मार्ने काम भइरहेको भन्दै उजुरी परेपछि गाउँपालिकाले जल तथा पर्यावरणमै असर पुग्नेगरी माछा मार्न बन्देज लगाएको हो ।
     
    निमित्त प्रमुख प्रशासकीय अधिकृत गुञ्जन कार्कीले शुक्रबार सुचना जारी गर्दै जलाधार क्षेत्रको जैविक विविधतामा ¥हास आउनेगरी माछा मार्ने काम बन्द गर्न निर्देशन दिएका छन् ।
     
    सुचनाको बेवास्ता गरी करेन्ट तथा विष प्रयोग गरेर माछा मारेको ठहर भएमा जोसुकैलाई प्रचलित कानुन बमोजिम कडाभन्दा कडा कारबाही गरिने गाउँपालिकाले चेतावनी दिएको छ ।
     
    करेन्ट र विषय प्रयोग गर्दा नदी तथा खोलामा भएका सबै किसिमका जलचरको अस्तित्व नै समाप्त हुने र पर्यवरणमा क्षती पुग्ने भएकाले सो कार्यमा रोक लगाउनु परेको गाउँपालिका अध्यक्ष समिर राईले बताए ।
     
     
     
     
     

    सम्बन्धित समाचार