मंगलवार, चैत्र २८ २०७९
नेपाल वाइड
खोटाङ, २८ चैत । खोटाङमा एक आपसमा मोटरसाईकल ठोक्किँदा एक गम्भीर घाईते भएका छन् । मंगलबार दिक्तेलबजारबाट मुढेतर्फ जाँदै गरेको बा ६६ प १११४ नम्बरको मोटरसाईकल र विपरित दिशाबाट आउँदै गरेको बा ६० प ६८६ नम्बरको मोटरसाईकल मध्यपहाडी लोकमार्गको बाम्राङ टाँढेमा जुध्दा नुनथलाका १८ वर्षीय निश्चल राई गम्भीर घाईते भएका हुन् ।
नुनथलाकै अगम राईले चलाएको बा ६६ प १११४ नम्बरको बाईकको पछाडि बसेका निश्चलको टाउको, अनुहार, हातखुट्टा लगायतमा चोट लागेको प्रहरीले जनाएको छ । साईड मिचेर आएको बाईकले उनीहरुलाई ठक्कर दिएको थियो ।
फेमिली केयर अस्पतालमा लगिएका राईलाई थप उपचारका लागि हेलीकोप्टरमार्फत काठ्माडौं पठाइएको छ । कक्षा ८ को परिक्षा सकेर नेर्पाबाट घर फर्कनेक्रममा दुर्घट्नामा परेका निश्चललाई अन्नपूर्ण न्युरो अस्पताल माईतीघर पठाइएको हो । अगम र अर्का बाईक चालक बाम्राङका आश्विन राईको फेमिली केयर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।