Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    पक्राउ गर्न प्रशासनमा पत्र पुगेपछि पंखु खोला पुलको काम सक्न ठेकेदारको ‘कबुल’

    पक्राउ गर्न प्रशासनमा पत्र पुगेपछि पंखु खोला पुलको काम सक्न ठेकेदारको ‘कबुल’


    • शुक्रवार, बैशाख १ २०८०

    • नेपाल वाइड


    पक्राउ गर्न प्रशासनमा पत्र पुगेपछि पंखु खोला पुलको काम सक्न ठेकेदारको ‘कबुल’
    मध्यपहाडी लोकमार्ग अन्तरगत खोटाङको चखेवाभञ्ज्याङ–दिक्तेल सडक खण्डमा पर्ने ठेकेदारले अलपत्र पारेको पंखु खोलाको मोटरेबल पुल ।

    खोटाङ, १ बैसाख । पक्राउ गर्न प्रशासनमा पत्र पुगेपछि पुष्पलाल मध्यपहाडी लोकमार्ग अन्तरगत खोटाङको चखेवाभञ्ज्याङ–दिक्तेल सडक खण्डमा पर्ने पंखु खोलाको मोटरेबल पुल अलपत्र पार्ने ठेकेदार कम्पनीले चालु आर्थिक वर्षभित्र पुलको काम सम्पन्न गर्ने कबुल गरेका छन् ।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले मध्यपहाडीको पंखु खोला मोटरेबल पुल अलपत्र पार्ने ठेकेदारलाई पक्राउ गरी कानुनी दायरामा ल्याउनका लागि चैत २४ गते जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेपछि अत्तालिएका सिरुवा कन्ट्रक्सन प्रालिका प्रवन्ध निर्देशक दिनेश पौडेलले चालु आर्थिक वर्षभित्र पुलको काम सम्पन्न गर्ने कबुल गरेका हुन् ।

    राज्यको सम्पत्ती अपचलन गर्ने र सार्वजनिक खरिद ऐन विपरित निर्माण कार्य सम्पन्न नगर्ने ठेकेदारलाई पक्राउ गरेर कारबाहीका लागि प्रशासनमा पत्राचार परेपछि सिरुवा कन्ट्रक्सनले काम सक्ने लिखित प्रतिवद्धता जनाएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टाईले बताए ।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ बुवालुङ र लामीडाँडा जोड्ने १५ मिटर लम्बाई भएको पुल निर्माणको काम वर्षौंसम्म अलपत्र पारेको भन्दै नगरपालिकाले सिरुवा कन्ट्रक्सन प्रालिका प्रोजेक्ट मेनेजर सन्तोष ढुंगानालाई पक्राउ गरी कानुनी कठघरामा उभ्याउन प्रशासनलाई पत्राचार गरेको थियो ।

    २०७३ सालमै बनिसक्नुपर्ने पुलको हालसम्म दुईतिरको पिलर ठड्याउने बाहेकका काम भएको छैन । तेश्रोपल्ट थप भएको २०७७ असोज ३० गते नै नाघिसकेको छ । त्यस यता पुलको म्याद थप भएको छैन ।

    पिलरको जग ढलान गरेर वर्षौंसम्म पुल अलपत्र पारेपछि पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजनाको कार्यालयले ठेक्का तोड्नका लागि मंसिर १८ गते सडक विभाग समक्ष सिफारिस गरेपछि अत्तालिएका ठेकेदारले पुस २३ गतेदेखि कामलाई सुचारु गराएजस्तो गरेको थियो तर पिलरको केही भाग ढलान थप गरेपछि फागुन २० गतेदेखि पुःन पुलको काम ठप्प पारेका छन् ।

    सम्बन्धित समाचार