Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    ह्वाटस्एपबाट खोटाङका महिलालाई ३ लाख १५ हजार रकम ठगी गर्ने नवलपरासीका महिला पक्राउ

    ह्वाटस्एपबाट खोटाङका महिलालाई ३ लाख १५ हजार रकम ठगी गर्ने नवलपरासीका महिला पक्राउ


    • बिहिवार, बैशाख ७ २०८०

    • नेपाल वाइड


    ह्वाटस्एपबाट खोटाङका महिलालाई ३ लाख १५ हजार रकम ठगी गर्ने नवलपरासीका महिला पक्राउ
    पाथेकाकी एक महिलालाई ह्वाटस्एपको माध्यमबाट प्रलोभन देखाएर ठगी गर्ने नवलपरासी बर्दघाट नगरपालिका–४ की ४७ वर्षीय गीतादेबी चापागाई । तस्बिर : जिल्ला प्रहरी कार्यालयको फेसबुक पेज

    खोटाङ, ७ बैसाख । ह्वाटस्एपको माध्यमबाट खोटाङको महिलालाई ठगी गर्ने नवलपरासीका महिला पक्राउ परेकी छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाकी एक महिलालाई ह्वाटस्एपको माध्यमबाट प्रलोभन देखाएर ठगी गर्ने नवलपरासी बर्दघाट नगरपालिका–४ की ४७ वर्षीय गीतादेबी चापागाई पक्राउ परेका हुन् ।

    चापागाईले ‘तपाईलाई पाउण्ड पार्सल आएको छ, उक्त पार्सल लिन रकम पठाउनु पर्‍यो’ भनि मेसेज पठाएर ह्वाटस्एपबाट स्क्यान गरी ३ लाख १५ हजार रकम ठगी गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका चापागाई विरुद्ध जिल्ला अदालत खोटाङबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

    सम्बन्धित समाचार