Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    लेटर प्याड, छाप र बोर्डमा कोशी प्रदेश नराख्ने केपिलासगढीको निर्णय

    लेटर प्याड, छाप र बोर्डमा कोशी प्रदेश नराख्ने केपिलासगढीको निर्णय


    • शनिवार, जेठ १३ २०८०

    • नेपाल वाइड


    लेटर प्याड, छाप र बोर्डमा कोशी प्रदेश नराख्ने केपिलासगढीको निर्णय
    केपिलासगढी गाउँपालिका ।

    खोटाङ, १३ जेठ । खोटाङको केपिलासगढी गाउँपालिकाले लेटर प्याड, छाप र कार्यालयको बोर्डमा कोशी प्रदेश नराख्ने निर्णय गरेको छ । कोशी प्रदेश नामाकरण गरेपछि विभिन्न संघसंस्था, राजनीतिक दल तथा स्वतन्त्र नागरिक समाजबाट विरोधका कार्यक्रम भइरहेको सन्दर्भमा केपिलासगढी गाउँपालिकाले लेटर प्याड, छाप र कार्यालयको बोर्डमा कोशी प्रदेश नराख्ने निर्णय गरेको हो ।

    प्रदेशभित्रका कतिपय स्थानीय तहले आफ्नो लेटर प्याड, छाप र कार्यालयको बोर्डमा कोशी प्रदेश नराख्ने निर्णय गरेको पाइए बमोजिम केपिलासगढी गाउँपालिकाकातर्फबाट पनि सोही निर्णय गरिएको गाउँपालिकाका उपाध्यक्ष गुरुराज राईले बताए ।

    कोशी प्रदेश नामाकरण लगत्तै विरोधमा उत्रिएको किरात राई यायोक्खा खोटाङले संघसंस्थादेखि राजनैतिक दलसम्मलाई साइनबोर्ड, लेटर प्याड र छापमा कोशी प्रदेश नलेख्न आग्रह गर्दैआएको छ ।

    यस्तै, केपिलासगढी गाउँपालिकामा दुमी, साम्पाङ र कोयी राईको भाषा पाठ्यापुस्तक विमोचन गरिएको छ । गाउँ कार्यपालिका बैठकको अवशरमा जेठ ११ गते गाउँपालिका अध्यक्ष समिर राई, उपाध्यक्ष गुरुराज राई र निमित्त प्रमुख प्रशासकीय अधिकृत गुञ्जन कार्कीले भाषिक पाठ्यापुस्तक बिमोचन गरेका हुन् । पाठ्यापुस्तकलाई कार्यान्वयनका लागि शिक्षा शाखामार्फत विद्यालयमा पठाउने निर्णय पारित गरिएको गाउँपालिकाले जनाएको छ ।

    सम्बन्धित समाचार