Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images
    राजनिति

    कार्यकर्ता पढाउन पढ्न थाले माओवादी नेता

    कार्यकर्ता पढाउन पढ्न थाले माओवादी नेता


    • शुक्रवार, जेठ १९ २०८०

    • नेपाल वाइड


    कार्यकर्ता पढाउन पढ्न थाले माओवादी नेता
    नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति खोटाङले शुरु गरेको मावि तहको पार्टी स्कुल कार्यक्रममा नेताहरु ।

    खोटाङ, १९ जेठ । नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति खोटाङले मावि तहको पार्टी स्कुल सुरु गरेको छ । जिल्लाका १० वटै पालिका कमिटिका पदाधिकारी, प्रदेश सदस्य, प्रदेश बिभाग सदस्य, जिल्ला समन्वय समिति सदस्य, जनवर्गीय संगठनका प्रमुख, पेशागत संगठनका अध्यक्ष, निर्वाचित पालिका प्रमुख र उपप्रमुखलाई सहभागी गराएर दुई दिने पार्टी स्कुल कक्षा सुरु गरेको हो ।

    प्रशिक्षित गर्दै नेता तथा कार्यकर्ताको सैद्धान्तिक, वैचारिक र संगठनात्मक स्तर उकास्ने लक्ष्यका साथ माओवादी केन्द्रले परिक्षामार्फत मूल्यांकन गर्नेगरी पार्टी स्कुलको आयोजना गरेको हो ।

    पार्टी स्कुल शुक्रबार बिहान नेकपा माओवादी केन्द्रका उपमहासचिव एबं स्कुल बिभाग प्रमुख गिरीराजमणि पोखरेलले उद्घाटन गरेका छन् । माक्र्सवादी दर्शन, वैज्ञानिक बिश्व दृष्टिकोणको सापेक्षतामा कार्यकर्तालाई प्रशिक्षित गरी पार्टीको काममा परिचालित गर्नेगरी पार्टी स्कुल सञ्चालन गरिएको नेकपा माओवादी केन्द्र पार्टी स्कुल संयोजन समिति खोटाङ संयोजक टंक थापाले बताए ।

    पालिका तहमा पुगेर प्राथमिक तहको पार्टी स्कुल चलाउनका लागि प्रशिक्षक उत्पादन गर्नेगरी मावि तहको पार्टी स्कुल कक्षा आयोजना गरिएको हो ।

    पार्टी स्कुलको पहिलो दिन पार्टीको बैचारिक, राजनैतिक र संगठनात्मक कार्यदिशा बारे उपमहासचिव एबं स्कुल बिभाग प्रमुख पोखरेल, पहिचान र संघीयताका बारेमा अनुशासन आयोगका केन्द्रीय अध्यक्ष टंक राई, संस्कृति र साँस्कृतिक रुपान्तरणका बारेमा डा. धनप्रसाद सुवेदी, समावेशिता र समानुपातिक नीतिका बारेमा ध्रुव श्रेष्ठले प्रशिक्षकको भूमीका निर्वाह गर्ने छन् ।

    दोश्रो दिन स्थानीय सरकार सञ्चालन ऐन २०७४ का बारेमा माओवादी केन्द्रका केन्द्रीय सदस्य दुर्गाजयन्ती राई, राजनीतिक अर्थशास्त्रका बारेमा हरि रोका, दर्शनशास्त्रको अवधारणा र माक्र्सवादी दर्शनका बारेमा रमेश सुनुवार र वैज्ञानिक बिश्व दृष्टिकोण बारे केन्द्रीय सदस्य एबं स्कुल विभाग सचिव रामदीप आचार्यले सहजीकरण गर्ने छन् ।

    पार्टी स्कुलको अन्तिममा सहभागीको बुझाई बारे परीक्षा सञ्चालन गरिने आयोजकले जनाएको छ । स्थानीय तह सम्वन्धी बनेको नीति तथा ऐनका बारेमा पनि कार्यकर्ता सुसुचित हुने संयोजक थापाले बताए ।

    पार्टी स्कुल उद्घाटन कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य एबं प्रतिनिधिसभा सदस्य रामकुमार राई, केन्द्रीय सदस्य समिता कार्की लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति खोटाङका संयोजक दिपक पाण्डेको अध्यक्षतामा भएको थियो ।

    सम्बन्धित समाचार