शुक्रवार, जेठ ९ २०७७
नेपाल वाइड
विश्वभरी महामारीकोरुपमा फैलिएको कोरोना भाइरस नेपालमा पनि दिनानुदिन बढ्दो अवस्थामा रहेको छ
आज थप २० जनामा कोरोना भाइरस ९कोभिड९१९० संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या ५०७ पुगुेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार डडेलधुरा र वैतडीमा पनि संक्रमण देखिएको छ । डडेलधुराको पराशुराम( १० का २८ वर्षीय पुरुष र वैतडीको शिवनाथ९१ का २२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
यस्तै कैलालीमा तीन जनामा संक्रमण पुष्टि भएको छ । जानकी गाउँपालिकाको सरस्वती माविको क्वारेन्टाइनमा रहेका १९, २३ र २६ वर्षका पुरुषमा संक्रमण पुष्ट भएको हो ।
यस्तै बाँकेमा १४ जना संक्रमित थपिएका छन् । उनीहरु १८ देखि ६१ वर्ष उमेरका पुरुषहरु छन् । उनीहरु मध्ये १८ वर्षीय पुरुष राप्ती सोनारीका हुन् भने बाँकी १३ जना नरैनापुरका हुन् यस्तै मोरङको रतुवामाई( २ का एक जनामा पनि संक्रमण पुष्टि भएको छ ।