शुक्रवार, जेठ ९ २०७७
नेपाल वाइड
ललितपुर । ललितपुरको गोदावरी नगरपालिकाले कालिमाटी, बानेश्वर र बल्खुबाट आउने तरकारी र फलफुल खरिद तथा बिक्रीमा प्रतिबन्ध लगाएको छ ।
कोरोना भाइरसको संक्रमण फैलिनसक्ने भन्दै नगरपालिकाले तरकारी र फलफुल किनबेचमा रोक लगाउने निर्णय गरेको हो । नगरपालिकाका मेयर गजेन्द्र महर्जनले नगरको निर्णय विपरीतको कार्य गरेको पाइए कडा कारबाही गरिने पनि अनलाइनखबरलाई बताए ।