Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    कोरोना भाइरस: काठमाण्डू सहितका जिल्लामा थपिए ३२ जना सङ्क्रमित, अधिकांश युवा

    कोरोना भाइरस: काठमाण्डू सहितका जिल्लामा थपिए ३२ जना सङ्क्रमित, अधिकांश युवा


    • शनिवार, जेठ १० २०७७

    • नेपाल वाइड


    कोरोना भाइरस: काठमाण्डू सहितका जिल्लामा थपिए ३२ जना सङ्क्रमित, अधिकांश युवा

    नेपालमा कोरोनाभाइरसबाट सङ्क्रमित थप ३२ जनाको पहिचान भएको छ। तीमध्ये अधिकांश युवा छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज बिहान दिएको जानकारी अनुसार कपिलवस्तुका आठजना, सर्लाहीका १३ जना तथा बारा र काठमाण्ठूका एक-एकजना सङ्क्रमितको पहिचान राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डूमा गरिएको परीक्षणबाट भएको हो । त्यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा रुपन्देहीका आठजना र भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा गरिएको परीक्षणबाट त्यहीँका एकजनाको पहिचान भएको हो।सङ्क्रमित अधिकांश १७ वर्षदेखि ४० वर्षसम्मका छन्। त्यससँगै नेपालमा जम्मा सङ्क्रमितको सङ्ख्या ५४८ पुगेको छ । थपिएका सङ्क्रमितहरू मध्ये दुईजना महिला रहेको मन्त्रालयले जनाएको छ।

    सम्बन्धित समाचार