Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    भोजपुरका पत्रकारको कोरोना विमा

    भोजपुरका पत्रकारको कोरोना विमा


    • मंगलवार, जेठ १३ २०७७

    • नेपाल वाइड


    कोरोना महामारीको जोखिम मोलेर काम गरिरहेका पत्रकारका लागि स्थानीय जनप्रतिनिधीले बिमा कम्पनीसँग सम्झौता गरेको छ । उनीहरुले नेपाल पत्रकार महासंघ भोजपुरका क्रियाशिल ५२ पत्रकारको बिमा सम्झौता गरेको हो । भोजपुर नगरपालिकाकी उपमेयर ममिता राई, सोहि नगरपालिकाको वडा नं ९ का वडाध्यक्ष रामबहादुर तामाङ र वडा नं ६ का वडाध्यक्ष शैलेन्द्र कार्कीले शिखर ईन्स्योरेन्स कम्पनी लिमिटेडसंग पत्रकारको विमा सम्झौता गरेका हुन् । अग्रपन्तीमा रहेर जोखिमपूर्ण तरिकाले समाचार संकलन गरिरहेका पत्रकारको व्यक्तिगत सुरक्षाका लागि बिमाको व्यवस्था गरिएको उपमेयर ममिता राईले जानकारी दिईन् । पत्रकार आबद्ध सञ्चारगृहबाट तलब नआउने अवस्थामा यदि कोहीमा संक्रमण देखिए अस्पतालमा बस्नुपरेमा पत्रकारको परिवारलाई आईपर्ने आर्थिक समस्यामा बिमा कम्पनीबाट प्राप्त हुने रकमले केहि राहत मिलोस् भन्ने उद्देश्यले बिमा गर्न सहयोग गरेको उनले बताईन् । बिमा कम्पनीसंग भएको सम्झौता अनुसार फिल्डमा खटिने कुनै पत्रकारलाई संक्रमण भएमा कम्पनीले एक लाख रुपैयाँ सम्बन्धित पत्रकारलाई उपलब्ध गराउनेछ ।

    सम्बन्धित समाचार