Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    प्रध्यानाध्यापक सहित तीन जना मृत फेला परे

    प्रध्यानाध्यापक सहित तीन जना मृत फेला परे


    • मंगलवार, जेठ १३ २०७७

    • नेपाल वाइड


    खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासेस्थित वालिङ्खा प्राविका प्रअ उदयपुरमा मृत फेला परेका छन् । ६ दिनदेखि सम्पर्क बिहिन बनेका प्रअ श्रेष्ठ त्रियुगा नगरपालिका–१३ मा पर्ने भुसुने सामुदायीक बनस्थित भुसुने खानेपानी योजनाको ट्यांकी नजिकै झुण्डिएको अवस्थामा फेला परेको हो । श्रेष्ठको शव मंगलबार सखुवाको रुपमा झुण्डिएको अवस्थामा फेला परेको जानकारी आएको दिप्रुङ चुईचुम्मा गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राईले बताए । उनको मृत्युको कारण खुलेको छैन । बतासेकै मार्से स्थायी घर भएका प्रअ लकडाउनकाबेला गाईघाटस्थित घरमा बस्दै आएका थिए ।
    यस्तै, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङकी ८३ वर्षीय बृद्धा मायाँलक्ष्मी राई र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका ५२ वर्षीय पुण्यबहादुर बस्नेत मृत फेला परेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडास्थित छोरीको घर गएर फर्कनेक्रममा जेठ ८ गतेदेखि हराएकी मायाँलक्ष्मीको शव सोमबार राती दोर्पाचिउरीडाँडाकै मेवाखोला दोभानमा फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरिक्षक आमोदकुमार खेरवारले बताए । उनको लडेर मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ । बस्नेत भने मंगलबार आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ । शवको पोष्र्टमार्ट गरेर आफन्तलाई जिम्मा लगाइसकिएको प्रहरी निरिक्षक खेरवारले बताए ।

    सम्बन्धित समाचार