Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    नेपालमा हवाईभाडा घटने

    नेपालमा हवाईभाडा घटने


    • शुक्रवार, जेठ १६ २०७७

    • नेपाल वाइड


    नेपालमा हवाईभाडा घटने

    नेपालमा हवाईभाडा घटने भएको छ । आगामी आर्थिक वर्ष २०७७÷७८ को बजेट कार्यान्वयनपछि हवाई भाडा घटने भएको हो । सरकारले बिहीबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७७÷७८ को बजेट अनुशार आन्तरिक हवाई इन्धनमा लाग्दै आएको पूर्वाधार करमा छुट गर्ने घोषणा गरेको छ । हवाई इन्धनमा पूर्वाधार करबापत नेपाल आयल निगमले प्रतिलिटर १० रुपैयाँ कर लिँदै आएको थियो । उक्त करमा छुट भएसँगै अब हवाई इन्धनको मूल्य उल्लेख्य घट्नेछ । अर्थमन्त्री डा. युवराज खतिवडाले बिहीबार सार्वजनिक गरेको बजेटमा नेपाली वायुसेवा कम्पनीका लागि हवाई इन्धनमा लाग्ने पूर्वाधार करमा छुट दिने उल्लेख छ । यसबाहेक लकडाउन र उडान प्रतिबन्धका कारण विमानस्थलमा ग्राउण्डेड भएका हवाई कम्पनीले अब पार्किङ शुल्क, वायुसेवा सञ्चालन अनुमति नवीकरण दस्तुर, उडान योग्यता प्रमाणपत्र दस्तुरमा समेत छुट दिने घोषणा भएको छ । वायुसेवा सञ्चालक संघका अनुसार हवाई कम्पनीको सञ्चालन खर्चमा ३५÷४० प्रतिशत हिस्सा इन्धनको मूल्यमा हुन्छ । नेपालमा हवाई इन्धनको मूल्यमा न्यूनतम चार रुपैयाँ थपघट हुनासाथ हवाई भाडामा परिवर्तन हुनेगर्छ ।

     

    सम्बन्धित समाचार