सोमवार, जेठ १९ २०७७
नेपाल वाइड
खोटाङका दलित संघसंगठनले जाजरकोटका नवराज बिक सहित ६ जनाको हत्याको बिरोधमा बिरोध ¥याली प्रदर्शन गरेका छन् । जिल्लाका १० दलित संघसंगठनले प्रेमीका लिन पश्चिम रुकुम गएका नवराज सहित उनका साथीहरुको हत्यामा संलग्नलाई तत्काल कानूनी कारबाहीको माग गर्दै दिक्तेलबजारमा शुक्रबार ¥याली प्रदर्शन गरेका हुन् । लकडाउन भए पनि खोटाङ दलित बिकास मञ्च, खोटाङ दलित उद्यमी सहकारी संस्था, नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ, दलित अधिकार मञ्च, राष्ट्रिय दलित पत्रकार संघ लगायतका संघसंगठनले ¥याली प्रदर्शन गरेका हुन् ।
दलित संघसंगठनले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई हदैसम्मको कानूनी कारवाही गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयलाई ज्ञापनपत्र पठाएका छन् । खोटाङ दलित बिकास मञ्चका अध्यक्ष मिलन चाहारले प्रमुख जिल्ला अधिकारी शालिगा्राम शर्मा पौडेललाई बुझाएको ज्ञापनपत्रमा रुकुम घटनाको स्वतन्त्र र निष्पक्ष छानबिन गरी घटनामा संलग्न जोकोहीलाई कानूनी कठघरामा ल्याउन र कारवाही गर्न माग गरिएको छ ।
रुकुमपश्चिम चौरजहारी नगरपालिका–८ सोतीकी सुष्मा मल्लसँग अन्तरजातीय प्रेम सम्वन्ध रहेको र विवाहका लागि लिन जानेक्रममा गत शनिबार चौरजहारी नगरपालिका–८ का वडाअध्यक्षको अगुवाईमा नवराज र उनका साथीहरुमाथि ज्यानै लिनेगरी आक्रमण गरिएको खोटाङ दलित बिकास मञ्चका अध्यक्ष चाहारले बताए । दलित संघसंगठनले योजनावद्धढंगले गरिएको हत्याको निन्दा गर्दै हत्यारालाई कारबाही नगरेसम्म सडकमा आन्दोलन चर्कारहने सरकारलाई चेतावनी दिएका छन् ।