Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    खोटाङ जिल्लालाई ३ अर्व ६ करोड संघीय बजेट विनियोजन

    खोटाङ जिल्लालाई ३ अर्व ६ करोड संघीय बजेट विनियोजन


    • सोमवार, जेठ १९ २०७७

    • नेपाल वाइड


    संघीय सरकारबाट खोटाङका १० स्थानीय तहका लागि करिब ३ अर्व ६ करोड बजेट विनियोजन भएको छ । नेपाल सरकारले बिहिबार गरेको बजेट भाषण अनुशार आर्थिक वर्ष २०७७÷०७८ का लागि दुई नगरपालिका र आठ गाउँपालिकाले समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान र समपुरक अनुदान गरी ३ अर्व ५ करोड ९९ लाख नियमित अनुदान पाएको हो । सबैभन्दा बढि बजेट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र सबैभन्दा कम बजेट बराहपोखरी गाउँपालिकाले पाएको छ ।
    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका लागि ५८ करोड ८६ लाख, हलेसी तुवाचुङ नगरपालिकाका लागि ४१ करोड ३१ लाख, ऐसेलुखर्क गाउँपालिकाका लागि २९ करोड १५ लाख, केपिलासगढी गाउँपालिकाका लागि २४ करोड ४२ लाख र खोटेहाङ गाउँपालिका लागि ३२ करोड १ लाख बजेट प्राप्त भएको छ । यस्तै, जन्तेढुंगा गाउँपालिकाका लागि २५ करोड ९५ लाख, दिप्रुङ चुईचुम्मा गाउँपालिकाका लागि ३१ करोड ९९ लाख, रावावेंसी गाउँपालिकाका लागि २१ करोड ९५ लाख, बराहपोखरी गाउँपालिकाका लागि २० करोड १० लाख र साकेला गाउँपालिकाका लागि २० करोड २५ लाख अनुदान प्राप्त भएको प्रदेशसभा सांसद उषाकला राईले जानकारी दिईन् ।
    स्थानीय तहलाई नियमित बजेट आउनु बाहेक आर्थिक वर्ष २०७७÷०७८ को बजेटले खोटाङका अन्य बिकास निर्माणलाई भने नछोएको स्थानीयको गुनासो छ ।

    सम्बन्धित समाचार