Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    खोटाङको ऐसेलुखर्कमा थप पाँच जनाको आरडिटि रिपोर्ट पोजिटिभ

    खोटाङको ऐसेलुखर्कमा थप पाँच जनाको आरडिटि रिपोर्ट पोजिटिभ


    • सोमवार, जेठ १९ २०७७

    • नेपाल वाइड


    खोटाङको ऐसेलुखर्क गाउँपालिकामा थप पाँच जनाको आरडिटि रिपोर्ट पोजिटिभ देखिएको छ । शनिबार ५३ जनाको आरडिटि परिक्षण गर्दा पाँच जनाको रिपोर्ट पोजिटिभ देखिएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक एबं कोभिड–१९ सूचना अधिकारी रामकाजी नेपालले बताउनुभयो । शुक्रबार ४९ जनाको आरडिटि परिक्षण गर्दा दुई जनाको रिपोर्ट पोजिटिभ देखिएकामा पुःन पाँच जनाको रिपोर्ट पोजिटिभ आएको हो । आरडिटि रिपोर्ट पोजिटिभ देखिएका सात जनालाई आइसोलेसनमा राखिएको छ । उनीहरुमध्ये एक जना महिला छन् । उनीहरुको पिसिआर परिक्षणका लागि स्वाव संकलन गरेर पठाउने तयारी गरिएको गाउँपालिकाले जनाएको छ । पिसिआरका लागि स्वाव संकलन गर्ने भिटिएम दिक्तेलबाट मगाइएको गाउँपालिकाका अध्यक्ष बिश्वनाथ निरौलाले बताउनुभयो ।

    सम्बन्धित समाचार