Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    स्पेसएक्स नासा मिसन: ऐतिहासिक मिसनमा रहेका अन्तरिक्षयात्री अन्तरिक्ष केन्द्र प्रवेश

    स्पेसएक्स नासा मिसन: ऐतिहासिक मिसनमा रहेका अन्तरिक्षयात्री अन्तरिक्ष केन्द्र प्रवेश


    • सोमवार, जेठ १९ २०७७

    • नेपाल वाइड


    स्पेसएक्स नासा मिसन: ऐतिहासिक मिसनमा रहेका अन्तरिक्षयात्री अन्तरिक्ष केन्द्र प्रवेश

    अमेरिकी अन्तरिक्षयात्री डग हर्ली र बब बेन्कन अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) प्रवेश गरेका छन् । निजी स्पेसएक्स कम्पनीले सञ्चालन र उपलब्ध गराएको उनीहरूको ड्र्यागन क्याप्स्यूल - चीनबाट ४२२ किलोमिटरको दूरी माथि रहेको अवस्थामा सो अन्तरिक्ष स्टेशनमा जोडिएको थियो । चुहावट, दबाब र तापक्रमको जाँचका लागि केही प्रतीक्षा गरेपछि, पहिल्यै आईएसएसमा रहेका रुसी र अमेरिकी टोलीसँग सामेल हुन उनीहरू स्टेशनमा उत्रिएका थिए । हर्ली र बेन्कनले शनिवार फ्लोरिडाबाट प्रक्षेपण गरेका थिए । नौ वर्षअघि अमेरिकी अन्तरिक्ष संस्था नासाको शटल्स भनिने अन्तरिक्षमा यान पठाउने प्रणाली बन्द भएपछि अमेरिकी भूमिबाट अन्तरिक्षयात्रीलाई पठाइएको यो पहिलोपटक हो । नासाले शटल्सले सन् २०११ मा काम गर्न बन्द गरेयता मानवसहित अन्तरिक्ष यात्राका लागि रुसी रकेटहरूको प्रयोग गर्दै आएको छ । यो मिसनमार्फत् नासाले आफ्नै अन्तरिक्षयान नभइ व्यावसायिक क्षेत्रबाट भाडामा प्रयोग गर्ने नयाँ युगको थालनी गरेको सङ्केत गरेको छ। अब नासाले अन्तरिक्षकेन्द्रसम्म पुग्ने र फर्कने अमेरिकी अन्तरिक्षयान किन्ने वा सञ्चालन गर्ने छैन । यस्ता काम क्यालिफोर्नियास्थित स्पेसएक्स अफ हथ्रोन जस्ता कम्पनीले मात्रै गर्छन् जसको नेतृत्व अर्बपति इलोन मस्कले गरेका छन् । ड्र्यागन आईएसएसमा जोडिएको पुष्टि आइतवार १४:१६ जिएमटीमा भएको हो । स्पेसएक्स फाल्कोन केनेडी स्पेस सेन्टरबाट प्रक्षेपण भएको १९ घण्टापछि अन्तरिक्ष केन्द्र पुगेको थियो । दुई यानहरू जोडिने प्रक्रिया पूर्ण रुपमा स्वचालित हुन्छ; हर्ली र बेन्कन त्यसमा सहभागी भइरहनु पर्दैन - तर उनीहरूले नियमअनुसार चलाएर अभ्यास गरेकाे समाचार विविसि अनलाइनले लेखेकाे छ ।

    सम्बन्धित समाचार