Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    असार १ गतेदेखि आन्तरिक हवाई सेवा सञ्चालन गर्ने तयारी

    असार १ गतेदेखि आन्तरिक हवाई सेवा सञ्चालन गर्ने तयारी


    • सोमवार, जेठ १९ २०७७

    • नेपाल वाइड


    असार १ गतेदेखि आन्तरिक हवाई सेवा सञ्चालन गर्ने तयारी

    सरकारले आउने असार १ गतेदेखि आन्तरिक हवाई सेवा सञ्चालन गर्ने तयारी गरेको छ । शनिबारको मन्त्रिपरिषद् बैठकले अब लकडाउनको मोडालिटी परिमार्जन गर्ने तयारी स्वरूप आन्तरिक हवाई सेवा सञ्चालन गर्ने तयारी गरेको हो । सोही अनुरूप नागरिक उड्डयन प्राधिकरण मातहतका आन्तरिक विमानस्थल कार्यालयलाई असार १ गतेदेखि आन्तरिक विमानस्थल सञ्चालनको लागि तयारी अबश्थामा रहन निर्देशन प्राप्त भएका प्राधिकरणले जनाएको छ । भारतमा आन्तरिक हवाई सेवा सञ्चालन गरेसँगै नेपालमा पनि आन्तरिक तर्फको हवाई सेवा सञ्चालन गर्ने तयारी गरेको हुन सक्ने बताईएको छ । यता, नागरिक उड्डयन प्राधिकरण समेत विमानस्थल संञ्चालनमा ल्याउन तयारी अवश्थामा रहेको जनाएको छ ।

     

    सम्बन्धित समाचार