Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    अमेरीकामा भडकिएको दङ्गा र लुटपाट रोक्नका लागि राष्ट्रिपति ट्रम्प सेना र प्रहरी परिचालन तयारीमा

    अमेरीकामा भडकिएको दङ्गा र लुटपाट रोक्नका लागि राष्ट्रिपति ट्रम्प सेना र प्रहरी परिचालन तयारीमा


    • मंगलवार, जेठ २० २०७७

    • नेपाल वाइड


    अमेरीकामा भडकिएको दङ्गा र लुटपाट रोक्नका लागि राष्ट्रिपति ट्रम्प सेना र प्रहरी परिचालन तयारीमा

    अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकाको बिभिन्न राज्यमा भडकिएको दङ्गा र लुटपाट रोक्नका लागि सेना र प्रहरी परिचालन गर्ने बताएका छन् । प्रहरी हिरासतका क्रममा एक अफ्रिकी अमेरिकी निहत्था व्यक्ति जोर्ज फ्लोइडको हत्यालाई लिएर देशभर भैरहेको प्रदर्शनहरू रोक्नका लागि ट्रम्पले सेना र प्रहरी परिचालन गर्ने बताएको हो । टेलिभिजनमार्फत् सम्बोधन गर्दै उनले भने, ‘दङ्गाबाट हाम्रो अति विपन्न समुदायका शान्तिप्रेमी नागरिकहरू सबैभन्दा पीडित भएका छन् र राष्ट्रपतिका हैसियतले म उनीहरूलाई सुरक्षित राख्नका लागि सक्दो गर्छु ।’ टेलिभिजनमार्फत् सम्बोधन गरेपछि ट्रम्प ह्वाइट हाउसबाट नजिकै रहेको एउटा गिर्जाघरसम्म सुरक्षाकर्मीसाथ पैदल गएका थिए । उक्त गिर्जाघरमा प्रदर्शनका क्रममा क्षति पुगेको थियो । ट्रम्पले देशभर प्रहरीको बर्बरताविरुद्ध भएका हिंसात्मक प्रदर्शनहरूमा हाबी हुन राज्यका गभर्नरहरूलाई आह्वान गरेका छन । फ्लोइडको हत्याका कारण अमेरिकामा मात्रै नभइ केही युरोपेली देशहरूमा पनि विरोध प्रदर्शन भइरहेका छन । फ्लोइडको परिवारका तर्फबाट परीक्षक रहेका चिकित्सकले उनको निधन प्रहरी अधिकारीले गर्दन र ढाडमा थिचेका कारण भएको बताएका छन । उक्त परीक्षणमा देखिएको कुरा प्रारम्भिक रुपमा देशका स्वास्थ्य परीक्षकले पत्ता लगाएका कारणभन्दा फरक देखिएको छ । तर फ्लोइडको परिवारले राखेका दुई चिकित्सकले भने मृत्यु नभइ हत्या भएको पत्ता लागेको कानुनी टोलीले विज्ञप्तिमा जनाएको छ । एक साताअघि देखापरेको भिडिओमा एकजना श्वेत प्रहरीले जोर्ज फ्लोइडले सास फेर्न गाह्रो भयो भनेर अनुरोध गर्दा पनि गर्दनमा निरन्तर रुपमा घुँडाले थिचिरहेको देखिन्छ । उक्त घटनाले देशभर अशान्त अवस्था बनाएको छ ।

    सम्बन्धित समाचार