Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    नायिका मनीषा कोइराला परिवारसहित नेपाल आईन

    नायिका मनीषा कोइराला परिवारसहित नेपाल आईन


    • बिहिवार, जेठ २२ २०७७

    • नेपाल वाइड


    नायिका मनीषा कोइराला परिवारसहित नेपाल आईन

    नायिका मनीषा कोइराला परिवारसहित नेपाल आएकी छन् । मंगलबार बेलुकी बेलहिया नाकाबाट नेपाल आएकी हुन । नेपालको सिमानामा आइपुगेलगत्तै उनलाई नेपाली सेनाको टोलीले पिकअप गरेको थियो । नायिका मनीषा कोइराला एक ट्विटका कारण भारतीय मिडियाको निशानामा परेकी थिइन । नेपाल सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरा समावेश गर्दै नयाँ नक्सा सार्वजनिक गर्ने निर्णय गरेपछि मनीषाले गरेको एक ट्विट भारतीय सञ्चारमाध्यमको निशानामा परेको थियो । मनीषाले अब यो मुद्दालाई नेपाल, भारत र चीन मिलेर सुल्झाउनुपर्ने बताएकी थिइन् । यसपछि भारतीय सञ्चारमाध्यमले उनको ट्विटलाई लिएर ‘भारतको खाने, चीनको गुनगान गाउने’ भन्दै आलोचना गरेका थिए नायिका कोईराला परिवार होटलमा क्वारेन्टाइनमा बस्ने बताईएको छ ।

    सम्बन्धित समाचार