बिहिवार, जेठ २२ २०७७
नेपाल वाइड
रिक्त रहेको चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि ३ जनाको नाम सिफरिश गरिएको छ । सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयले नायक भुवन केसी, निर्देशक दयाराम दाहाल र संस्कृतिकर्मी राजेश थापाको नाम सिफारिस गरेको हो । बोर्ड अध्यक्षका लागि अन्य ७ जना चलचित्रकर्मीले पनि आवेदन दिएका थिए । १० जनाको आवेदन परेपछि सूचना प्रविधि मन्त्रालयकी सह(सचिव राधिका अर्यालको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरिएको थियो । समितिले तीन चलचित्रकर्मीको नाम सिफारिस गरेर पठाएको छ । अब बस्ने मन्त्रिपरिषद्को बैठकले बोर्ड अध्यक्ष चयन गर्नेछ । गत मंसिरको २९ गते चलचित्र विकास बोर्डका तत्कालीन अध्यक्ष केशव भट्टराईको निधन भएपछि बोर्डमा अध्यक्ष पद रिक्त छ ।