Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    एसईई परीक्षा रोकिएका विद्यार्थीहरुलाई शैक्षिक वर्ष खेर जान नदिने सरकारकाे आश्वासन

    एसईई परीक्षा रोकिएका विद्यार्थीहरुलाई शैक्षिक वर्ष खेर जान नदिने सरकारकाे आश्वासन


    • शुक्रवार, जेठ २३ २०७७

    • नेपाल वाइड


    एसईई परीक्षा रोकिएका विद्यार्थीहरुलाई शैक्षिक वर्ष खेर जान नदिने सरकारकाे आश्वासन

    कोरोना महामारीका कारण एसईई परीक्षा रोकिएका विद्यार्थीहरुलाई शैक्षिक वर्ष खेर जान नदिने सरकारले आश्वासन दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले रोकिएको एसईई परीक्षा पुन सञ्चालन गर्न सकिने अवस्था नरहेको स्पष्ट र्पादै सरकारले विद्यार्थीको शैक्षिक वर्ष खेर जान नदिने गरी शिक्षा मन्त्रालयले योजना ल्याउने बताउनुभएको छ । ‘महामारीका कारण माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालन हुनुभन्दा २ दिन अगाडि स्थगित भएको थियो । एसईई परीक्षा सञ्चालन हुन नसक्दा लाखौं विद्यार्थी अहिले अन्योलमा परेको भन्नुहुदै प्रधानमन्त्रीले आफ्नो सम्वोधनमा भने, ‘अहिले तत्काल परीक्षा सञ्चालन गर्न सकिने अवस्था पनि विद्यमान छैन ।’ तर, विद्यार्थीको भविश्य खेर जान नदिने बताउँदै प्रधानमन्त्रीले भने, ‘एसईईका परीक्षार्थी विद्यार्थीहरुको सिङ्गो शैक्षिक बर्ष खेर जान नदिन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले छिट्टै आवश्यक प्रबन्ध मिलाउनेछ ।’ प्रधानमन्त्री ओलीले विद्यालयहरुमा नयाँ शैक्षिक वर्षको पठन पाठनको व्यवस्थासमेत मिलाइने बताउँदै भने, ‘आवश्यक नीतिगत व्यवस्थासहित मन्त्रालयले ‘भर्चुअल कक्षा’को समेत प्रयोग गरी सबै विद्यालयहरुमा नयाँ शैक्षिक बर्षअन्तर्गतको पठनरपाठन सञ्चालनको काम अघि बढाउनेछ ।’ सरकारले एसईई दिने विद्यार्थीहरुको समस्यालाई कसरी सम्वोधन गर्छ भन्ने प्रधानमन्त्रीको सम्वोधनमा स्पष्ट व्याख्या नभए पनि सम्भवतः यसबारे मन्त्रालयले प्रष्ट कार्ययोजना ल्याउने छ । शिक्षा मामिलाका जानकारहरुले एसईई परीक्षा नै खारेज गरिनुपर्ने र सो तहका परीक्षार्थीहरुलाई स्वतः ११ कक्षामा भर्ना गरिनुपर्ने सुझाव दिँदै आएका छन् ।

     

    सम्बन्धित समाचार