Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    चलचित्र विकास बोर्डको अध्यक्षमा दयाराम दाहाल नियुक्त

    चलचित्र विकास बोर्डको अध्यक्षमा दयाराम दाहाल नियुक्त


    • शनिवार, जेठ २४ २०७७

    • नेपाल वाइड


    चलचित्र विकास बोर्डको अध्यक्षमा दयाराम दाहाल नियुक्त

    चलचित्र विकास बोर्डको अध्यक्षमा दयाराम दाहाल नियुक्त भएका छन् । शुक्रबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले दाहाललाई बोर्डको अध्यक्ष पदमा नियुक्त गरेको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले दाहालसँगै भुवन केसी र राजेश थापाको नाम सिफारिस गरेको थियो । गत बिहीबार मन्त्रालयले दरखास्त दिने १० जनामध्ये तीनजनाको नाम मन्त्रिपरिषद् समक्ष सिफारिस गरेको थियो । भुवन केसी, दयाराम दाहाल र राजेश थापासँगै भगवतीकुमारी मैनाली, सोहित मानन्धर, अर्जुनकुमार डङ्गोल, राजेन्द्रकुमार उप्रेती, ध्यानबहादुर सुब्बा, परशुराम चौधरी र दीपक श्रेष्ठले अध्यक्ष पदका लागि आवेदन दिएका थिए । गत वर्षको मंसिर २९ गते तत्कालीन बहालवाला अध्यक्ष केशव भट्टराईको निधन भएपछि खाली भएको उक्त पदका लागि मन्त्रालयले गत महिना आवेदन आह्वान गरेको थियो । ६ महिना पछि नेतृत्व पाएको चलचित्र विकास बोर्ड नेपाली चलचित्र क्षेत्रको सर्वोच्च संस्था हो ।

    सम्बन्धित समाचार