Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    चेक गणतन्त्रद्वारा दुई रूसी कुटनीतिज्ञलाई देश छोड्न निर्देशन

    चेक गणतन्त्रद्वारा दुई रूसी कुटनीतिज्ञलाई देश छोड्न निर्देशन


    • शनिवार, जेठ २४ २०७७

    • नेपाल वाइड


    चेक गणतन्त्रद्वारा दुई रूसी कुटनीतिज्ञलाई देश छोड्न निर्देशन

    विषाक्त पदार्थद्वारा आक्रमणको हल्ला फैलाएको भन्दै चेक गणतन्त्रले दुई रूसी कुटनीतिज्ञलाई देश स्वदेश फिर्ता जान भनेको छ।

    चेक गणतन्त्रका लागि रूसी राजदूतावासका एक कर्मचारीले प्रागका तीन राजनीतिज्ञमाथि विषाक्त पदार्थद्वारा आक्रमणको हल्ला फैलाएको आरोपमा रूसी कुटनीतिज्ञलाई आफ्नो भूमि छोड्न निर्देशन दिएको हो।  

    चेक प्रधानमन्त्री आन्द्रज बेबिसले घटनाबारे सञ्चारकर्मीसँगको कुराकानीमा भने, “दूतावासका एक कर्मचारीले जानीजानी चेक राजनीतिज्ञमाथि आक्रमण गर्ने योजनाको जानकारी बीआइएस (गुप्तचर सेवा)लाई पठाएका थिए।”  

    उनले भने “हामीले अन्तर्राष्ट्रिय कानून बमोजिम उचित एवम् सही उपाय अवलम्वन गर्दै रूसी दूतावासका दूई कुटनीतिज्ञलाई चेक गणतन्त्रमा बस्न योग्य नदेखेकोले निश्कासन गर्ने निर्णय गरेका छौँ।” 

    एजेन्सी 

    सम्बन्धित समाचार