शनिवार, जेठ २४ २०७७
नेपाल वाइड
नेपालमा विगत २४ घण्टामा थप ३ सय २३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यो सँगै शनिवार अपराह्णसम्म देशभरि पुष्टि भएका संक्रमितको कुल सख्या ३ हजार २ सय ३५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ । तीमध्ये ३ सय ६५ जना निको भएका छन । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुशार थप दुईसहित १३ जनाको मृत्यु भएको जानकारी दिनुभयो । प्रदेश नं २ र ५ मा कोभिड–१९ भएका व्यक्तिको सख्या उल्लेख्य रहेको जनाईएको छ । डा. देवकोटाका अनुसार डोल्पा र धनगढीमा एक÷एक जनामा मृत्युपछि कोरोनाभाईरस संक्रमणको पुष्टि भएको छ । जेठ २१ गते मध्यरातपछि मृत्यु भएका ५८ वर्षीय पुरुषबाट सङ्कलित नमुनाको परीक्षण गर्दा कोरोनभाइरस देखिएको हो । उनी दमको रोगी भएको बताइएको छ । यस्तै धनगढीमा मिर्गौलाको समस्या भएकी ५५ वर्षीया महिलाको डाईयालिसिसको क्रममा मृत्यु भएको र उनमा पनि परीक्षण गर्दा उनमा कोरोनाभाइरस देखिएको डा. देवकोटाले बताउन्भयो ।