शनिवार, जेठ २४ २०७७
नेपाल वाइड
कैलालीमा एक जना जनप्रतिनिधिमा कोरोना संक्रमण पुष्टि भएको छ । उच्च सतर्कता अपनाउदा पनि कैलालीको गोदावरीका जनप्रतिनिधीलाई कोरोणा संक्रमण भएको नगरपालिकाकी उप–प्रमुख रत्ना कडायतले बताईन । लकडाउनकाक्रममा उद्दार तथा राहत कार्यमा सकृय रहेका जनप्रतिनिधिको २० जेठमा स्वाब संकलन गरेर पीसीआर परीक्षण गर्दा उनमा कोरोणासंक्रम देखिएको हो । संक्रमित जनप्रतिनिधिलाई स्वास्थ्यकर्मीको निगरानीमा आइसोलेसनमा राखिएको बताईएको छ ।