आइतवार, जेठ २५ २०७७
नेपाल वाइड
जातीय समानता र सामाजिक न्याएका लागि लडिरहेको समूहलाई बास्केटबल लेजेण्ड माइकल जोर्डनले १ सय मिलियन अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेका छन । एनबीएल लेजेण्डले एक स्टेटमेन्ट जारी गर्दै उनी र जोर्डन ब्राण्डले आगामी १० वर्षमा उत्त रकम सहयोग गर्ने घोषणा गरेका हुन् । जातिय भेदभावलाई हटाउनका लागि विभिन्न संगठनमा यो रकम जाने स्टेटमेन्टमा उल्लेख गरेका छन । अमेरिकाका एक पुलिसले जर्ज फ्लोडको हत्या गरेपछि अहिले अमेरिकाभर प्रदर्शन भइरहेको बेला जोर्डनको यस्तो घोषणा गरेका हुन । मे २५ मा गोर पुलिसले फ्लोएडको घाँटी ९ मिनेटसम्म थिचेर हत्या गरेका थिए । अहिले विश्वभर त्यसको विरोध भइरहेको छ । बास्केटबल लेजेण्ड जोर्डनले अमेरिकामा भएको हत्यामा एकदमै दुखी भएको, पीडा भएको र रिसाएको बताएका थिए । उनले आफ्नो देशमा रहेको मानिसको रंगको बारेमा जातीय भेदभाव र हिंसाविरुद्ध बोल्नेहरुको साथमा आफू रहेको बताएका छन् ।