सोमवार, जेठ २६ २०७७
नेपाल वाइड
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दैछ । दिउँसो २ बजेका लागि बोलाइएको केन्द्रीय कार्यसमिति बैठकमा कोरोना भाइरस महामारीका विषयमा छलफल हुने कांग्रेसले जनाएको छ । कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले कोरोना भाइरसको महामारी नै बैठकको मुख्य एजेन्डा रहने बताउनुभयो । कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि सरकारले प्रभावकारी कदम चाल्न नसकेको भन्दै कांग्रेसले सरकारको आलोचना गर्दै आएको छ ।