Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    चौरजहारी घटना

    हत्यामा संलग्न दोषीलाई कारबाही माग गर्दै खोटाङमा राँके जुलुस

    हत्यामा संलग्न दोषीलाई कारबाही माग गर्दै खोटाङमा राँके जुलुस


    • सोमवार, जेठ २६ २०७७

    • नेपाल वाइड


    हत्यामा संलग्न दोषीलाई कारबाही माग गर्दै खोटाङमा राँके जुलुस

    जाजरकोटका नवराज बिक सहित ६ युवाको हत्यामा संलग्न दोषीलाई कारबाहीको माग गर्दै खोटाङमा राँके जुलुस निकालिएको छ । आफ्नो प्रेमीका लिन पश्चिमरुकुम पुगेका नवराज सहित उनका साथीहरुको हत्यामा संलग्न दोषीलाई कडाभन्दा कडा कारबाहीको सुनिश्चितताका लागि दवाव सिर्जना गर्न गठित संघर्ष समितिले सोमबार साँझ दिक्तेलबजारमा राँके जुलुस निकालेको हो । प्रहरीलाई झुक्याएर सरस्वती आधारभुत विद्यालय पोखरीबाट सुरु गरिएको जुलुसको राँको पुरानो बैंकचोकमा प्रहरीले खोसेको थियो । प्रहरीले हस्तक्षेप गरेर राँको खोसेपछि संघर्ष समितिको टोलीले त्रिबेणीचोकमा पुगेर कोणसभा गरेको छ । कोणसभालाई संघर्ष समितिका संयोजक दिपक ठटालले सम्बोधन गरेका थिए । जिल्लाका दलित संघसंगठन तथा जनजाती महासंघ सम्वद्ध व्यक्ती सम्मिलित संघर्ष समितिले घट्नाको विषयमा स्वतन्त्र र निष्पक्ष छानबीन गरी दोषीलाई कडाभन्दा कडा कारबाहीका लागि दवाव सिर्जना गर्न संघर्षका कार्यक्रम सुरु गरेको हो । दलितद्धारा निर्मित हतियार प्रदर्शन सहित मार्च पास गर्ने लगायतका आन्दोलनका कार्यक्रम घोषणा गरिएको संघर्ष समितिका संयोजक ठटालले बताए । वर्तमान सरकार तथा सरकारका जिम्मेवार व्यक्तीले पश्चिमरुकुम घट्नालाई गम्भीरतापुर्वक नलिँदा नवराज सहितका युवाको अवस्था निर्मला पन्तकोजस्तै सेलाएर जाने आशंका जन्माएको संघर्ष समितिले जनाएको छ ।

    सम्बन्धित समाचार