Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    चौरजहारी, सेती घटनाको सत्यतथ्यलाई वाहिर ल्याउने प्रतिबद्धता ः संयोजक देवेन्द्र पौडेल

    चौरजहारी, सेती घटनाको सत्यतथ्यलाई वाहिर ल्याउने प्रतिबद्धता ः संयोजक देवेन्द्र पौडेल


    • मंगलवार, जेठ २७ २०७७

    • नेपाल वाइड


    चौरजहारी, सेती घटनाको सत्यतथ्यलाई वाहिर ल्याउने प्रतिबद्धता ः संयोजक देवेन्द्र पौडेल

    रुकुम पश्चिमको चौरजहारी, सेती घटनाको अनुसन्धान गर्न बनेको संसदीय विशेष छानबिन समितिका संयोजक देवेन्द्र पौडेलले घटनाको सत्यतथ्यलाई वाहिर ल्याउने प्रतिबद्धता जनाउनुभएको छ । संयोजक पौडेलले भने, ‘भर्खरै समिति गठन भएको छ । तुरुन्तै समितिको बैठक बसेर कार्ययोजना बनाएर अघि बढ्छौं ।’ समितिले निष्पक्षरुपमा घटनाको सत्य, तथ्य बाहिर ल्याउने वँहाले बताउनुभयो । घटनाको अनुसन्धानका लागि सोमबार सांसद देवेन्द्र पौडेलको संयोजकत्वमा ९ सदस्यीय छानबिन समिति गठन भएको हो । छनविन समितिमा एकवाल मियाँ, दुर्गा पौडेल, पार्वतीकुमारी विशुन्के, प्रकाश रसाइली, विमला बिक, महेश्वरजंग गहतराज, मिनबहादुर बिश्वकर्मा र रामसहायप्रसाद यादव सदस्य छन । समितिले ३० दिनभित्रमा प्रतिवेदन वुझाउनुपर्नेछ । अन्तरजातीय प्रेमको विषयमा नवराज विक सहित ६ जनाको जेठ १० गते सामूहिक हत्या भएको थियो । घटनाको देशव्यापि विरोध भईरहेको छ ।

    सम्बन्धित समाचार