मंगलवार, जेठ २७ २०७७
नेपाल वाइड
लकडाउनका कारण ६ करोड अमेरिकीहरु नोभेल कोरोना भाइरसको संक्रमण हुनबाट जोगिएको एक अध्ययनले जनाएको छ । त्यसैगरी कोरोना नियन्त्रणका लागि जारी गरिएको लकडाउनका कारण चीनमा २८ करोड ५० लाख मानिसहरु कोरोना संक्रमण हुनबाट जोगिएका छन् । सोमबार प्रकाशित घरभित्रै बस्ने आदेश र अन्य प्रतिबन्धहरुले कोरोना संक्रमण फैलिनबाट कसरी काम गर्यो भन्ने विषयमा गरिएको अध्ययन प्रतिवेदनले यस्तो जनाएको वासिङ्टनपोस्टले जनाएको छ । त्यसैगरी इम्पेरियल कलेज लन्डनको इपिडिमियोलोजिस्टहरुले गरेको अर्को अध्ययनका अनुसार ११ युरोपियन मुलुकका ३१ लाख र बेलायतका पाँच लाख मानिसहरु बेलायतमा कोरोना संक्रमणबाट जोगिएको जनाइएको छ । यसले संक्रमण दर ८२ प्रतिशत कम गरेको अध्ययनले जनाएको छ । सोमबार नेचर जर्नलमा प्रकाशित दुई छुट्टाछुट्टै अध्ययन प्रतिवेदनले आक्रामक र अकल्पनीय लकडाउनको पछिल्लो नतिजा देखाएको हो । तर, विश्वभरका विभिन्न मुलुकमा जारी गरिएको लकडाउनले ठूलो आर्थिक नोक्सानी व्यहोर्नु परेको छ भने लाखौंले रोजगारी गुमाएका छन् ।