Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    हिमानी शाहको भिडियो भाईरल

    हिमानी शाहको भिडियो भाईरल


    • मंगलवार, जेठ २७ २०७७

    • नेपाल वाइड


    हिमानी शाहको भिडियो भाईरल

    पूर्वयुवराज्ञी हिमानी शाह छोरीहरुसँगै नाचेको भिडियो भाईरल भएको छ । सामाजिक सञ्जाल टिकटकमा उक्त भिडियो भाइरल बनेको हो । छोरी पूर्णीका शाहको अकाउन्टबाट अपलोड गरिएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । श्रीमती हिमानी र छोरीहरु नाचेको भिडियो पूर्वयुवराज पारस शाहले समेत फेसबुकमा सेयर गरेका छन् । ‘गुराँसको फेदमुनि...’ बोलको गीतमा हिमानी दुई छोरीहरु पूर्णीका र कृतिकासँग डान्स गरेकी छन् । पूर्वयुवराज्ञी हिमानी छोराछोरीसहित अहिले थाइल्यान्डमा बस्दै आएकी छन । छोरी अध्ययनका लागि हिमानी थाइल्यान्ड बस्दै आएकी बताईएको छ । हिमानीका पति पूर्व युवराज पारस शाहले पनि यो भिडियो ‘मेरो परिवार’ भन्दै लभ रियाक्टसहित फेसबुकमा सेयर गरेका छन् । पूणिर्काले भिडियोको क्याप्सनमा लेखेकी छन्, ‘यो (डान्स स्टेप) हामीले आमाबाट पाएका हौं । हामीसँग साँच्चै गजबकी आमा हुनुहुन्छ ।’ भिडियोमा पूर्व नवयुवराज हृदयन्द्र भने देखिएका छैनन् ।  यो भिडियोलाई अहिलेसम्म करिब ८ हजारले लाइक गरेका छन् भने करिब ५ सय कमेन्ट आएका छन् । कमेन्टमा सबैले उनीहरुको सुन्दरता र नृत्यको तारिफ गरेका छन् । नेपालका टिकटक प्रयोगकर्ताहरुबीच पूर्वराजपरिवारको निकै ठूलो क्रेज छ । पूर्वयूवराज पारस साहका थुप्रै भिडियो टिकटकमा भेटिन्छन्, जुन अरु व्यक्तिहरुले हालिदिएका हुन्छन् । पारसका भिडियोले लाखौं लाइक्स पाएका छन् । उनको भिडियोमा आउने कमेन्टहरुमा भने गाली र ताली दुवै मिश्रति हुन्छन् । टिकटकमा सबैभन्दा बढि क्रेज चाहिँ पूर्व नवयूवराज हृदयन्द्रको छ । खासगरी टिनएजर केटीहरुले उनीप्रति आशक्त छन् । उनीहरुले हृदयन्द्रलाई ‘नेसनल क्रस’ को संज्ञा दिने गरेका छन् । हृदयन्द्रको आफ्नै टिकटक एकाउन्ट भने छैन । उनी निकटका व्यक्तिहरुले उनको भिडियो बनाएर टिकटकमा अपलोड गर्छन् । पूणिर्काकाे टिकटक अकाउन्टकाे फलोअर्स १२ हजार ८ सय पुगेका छन् भने कुल २१ हजार ४ सय लाइक्स प्राप्त गरेकी छन् ।



    सम्बन्धित समाचार