Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    कायर व्यक्तिलेमा जात र वर्गको आधारमा विभेद ः राजेश हमाल

    कायर व्यक्तिलेमा जात र वर्गको आधारमा विभेद ः राजेश हमाल


    • मंगलवार, जेठ २७ २०७७

    • नेपाल वाइड


    कायर व्यक्तिलेमा जात र वर्गको आधारमा विभेद ः राजेश हमाल

    महानायक राजेश हमालले कायर व्यक्तिलेमा जात र वर्गको आधारमा विभेदको गर्ने बताउनुभएको छ । जाजरकोट घटनाको विषयलाई लिएर नायक हमालले फेसबुकमा भिडियोमार्फत् आफ्नो भनाइ सार्वजनिक गर्नुभएको हो । हमालले भनेका छन ‘कुनै पनि व्यक्तिलाई अर्को व्यक्तिले जात, धर्म, समुदाय, वर्गको आधारमा विभेद गर्ने अधिकार छैन । यदि कुनै व्यक्तिले यस्तो सोचले विभेद गर्छ भने ऊ कायर हो । ’हमालले भने–‘जातीय विभेदलाई हामीले निरन्तर दिइराख्यौं र यसलाई जरैदेखि उखाल्न सकेनौं भने यसले समाजलाई अगाडि बढ्न दिँदैन ।’ हमालले, यस्तो जडबाट जन्मिएको फोहोरी राजनीतिले राष्ट्रको हित हुन नसक्ने पनि बताएका छन् । नायक हमालले नेपालीहरूमा रहेको आपसी भाइचारलाई निरन्तरता दिन आवश्यक रहेको पनि उल्लेख गरेका छन् । समाजमा जरो गाडेका कु–विचारलाई हटाएको खण्डमा राजनीति पनि शुद्ध हुने वहाँको तर्क छ ।

    सम्बन्धित समाचार