मंगलवार, जेठ २७ २०७७
नेपाल वाइड
नेपाली चलचित्रकी नायिका निरिशा बस्नेतलाई कोरोना भाईरस (कोभिड–१९) संक्रमण भएको छ । हाल मुम्बईमा रहेकी नायिका बस्नेतलाई कोरोना संक्रमण पुष्टि भएको हो । रिपोर्ट पोजिटिभ आएपछि उनी अस्पतालमा उपचार गराइरहेकी छिन् । मुम्बईको कोकिला अस्पतालमा उपचाररत रहेको बताईएको छ । अब रिपोर्ट नेगिटिभ नआएसम्म उनी अस्पतालमै रहेर उपचार गराउने छिन् । कलाकार विश्व बस्नेतकी छोरी निरिशाले भारतमा रहेर विभिन्न सिरियलमा काम गरिरहेकी छिन् । चलचित्र ‘जानी नजानी’को रिलिजको समयमा उनी नेपाल आएकी थिइन् । नेपाली चलचित्रले बक्स अफिसमा खासै सुखद् व्यापार नगरेपछि मुम्बईमा बलिउड प्रबेशका लागि संघर्ष गरिरहेकी छन् ।