Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    चलचित्र ‘हिरो रिटर्न्स’ ः जेठ ३० गते डिक्सहोममार्फत टेलिभिजनमा

    चलचित्र ‘हिरो रिटर्न्स’ ः जेठ ३० गते डिक्सहोममार्फत टेलिभिजनमा


    • मंगलवार, जेठ २७ २०७७

    • नेपाल वाइड


    चलचित्र ‘हिरो रिटर्न्स’ ः जेठ ३० गते डिक्सहोममार्फत टेलिभिजनमा

    नायक सविन श्रेष्ठले निर्माण गरेको नेपाली चलचित्र ‘हिरो रिटर्न्स’ टेलिभिजनमार्फत रिलिज हुने भएको छ । चलचित्रको प्रदर्शन मिति वैशाखको अन्तिम सातालाई तोकिए पनि लकडाउनका कारण निर्धारित समयमा रिलिज हुन नसकेपछि जेठ ३० गते टेलिभिजन (डिक्सहोम) बाट रिलिजको तयारी गरेको हो । बारम्बार चलचित्रको प्रदर्शन मिति स्थगित हुँदै गएपछि अब यो चलचित्रको निर्माणपक्षले चलचित्रलाई अन्य प्लेटफर्मबाट रिलिज गर्ने तयारी थालेको हो । आशिष भेटवालको निर्देशनमा तयार भएको नेपाली चलचित्र ‘हिरो रिटर्न्स’ आगामी जेठ ३० गते डिस होममार्फत टेलिभिजनमा हेर्न सकिनेछ । केही वर्ष अघि निर्माण भएको उक्त चलचित्रमा सविन श्रेष्ठ, रेखा थापा र दिल श्रेष्ठको मुख्य भूमिका रहेको छ । अब यो चलचित्रलाई दर्शकले घरमै बसेर हेर्न पाउने भएका छन् ।

     

    सम्बन्धित समाचार