बुधवार, जेठ २८ २०७७
नेपाल वाइड
युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले युवा तथा खेलकुद क्षेत्रले अपेक्षाकृत बजेट पाउन नसकेको बताएका छन् । सोमबार प्रतिनिधिसभामा मन्त्रालयको बजेट छलफलका क्रममा खेलकुदमन्त्री विश्वकर्माले विगतदेखि स्रोत साधन र बजेट विनियोजनको हिसाबले अपेक्षाकृत बजेट पाउन नसकेको बताउनुभएको हो । खेलकुदमन्त्री विश्वकर्माले युवा तथा खेलकुद क्षेत्र विगतदेखि वर्तमानसम्म प्राथमिकता पर्न नसकेको गुनासो गरेका हुन् । युवा तथा खेलक्षेत्रमा भएका विद्यमान समस्या र अवसर हेरेर नीति कार्यक्रम तयार पारे पनि बजेटबाट त्यसको सुनुवाइ हुन नसकेको मन्त्री विश्वकर्माको भनाइ छ । वहाँले पछिल्ला ऐतिहासिक सफलता र राष्ट्रिय माहोलका कारण यो वर्ष खेलक्षेत्रले आशा र अपेक्षा गरे पनि बजेटबाट निराश बन्नुपरेको धारणा राख्नुभएको छ ।